फिफा विश्वकपअन्तर्गत अन्तिम क्वार्टरफाइनल खेलमा इंग्ल्याण्डले फ्रान्सविरुद्ध बराबरी गोल फर्काएको छ। खेलको ५४ औं मिनेटमा पेनाल्टीमार्फत इंग्ल्याण्डका ह्यारी केनले बराबरी गोल फर्काएका हुन्।
यसअघि फ्रान्सका लागि खेलको १७ औं मिनेटमा औरेलियन चोउआमेनीले गोल गरेका थिए।
अघिल्लो पटक क्रोएसियासँग पराजित हुँदै बाहिरिएको इङ्ल्याण्ड यसपटक साविक विजेतालाई पन्छाउँदै अगाडि बढ्ने लक्ष्यमा छ।
जारी विश्वकपमा दुवै टोलीले उच्च प्रदर्शन गरेका छन्। इङ्ल्याण्ड अपराजित छ भने, फ्रान्स मुख्य खेलाडीलाई विश्राम दिँदा समूहको अन्तिम खेलमा ट्युनिसियासँग पराजित भएको थियो।
66
Shares
प्रतिक्रिया