विश्वकप फुटबलमा स्वीटजरल्याण्डविरुद्ध गोन्सालो रामोसले ह्याट्रिक गरेका छन्।
जारी विश्वकपमा यो पहिलो ह्याट्रिक हो।
खेलको १७,५१ र ६७ औँ मिनेटमा गोल गर्दै ह्याटिक पूरा गरेका हुन्।
उनको गोलसँगै पोर्चुगलले खेलमा ५–१ को अग्रता बनाएको छ।
लुसैले स्टेडियममा खेलको ५५ औँ मिनेटमा स्वीटजरल्याण्डका राफेल गुइरिरोले गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याएका थिए।
पहिलो हाफमा २–० ले अग्रता बनाएको पोर्चुगलले दोस्रो हाफमा २ गोल थपेको हो।
खेलको ५१ औँ मिनेटमा रामोसले व्यक्तीगत गोल गर्दै खेललाई ३–० को अवस्थामा ल्याए। रामोसले डिएगो डालोटको क्रसमा उत्कृष्ट गोल गरेका थिए।
त्यसअघि खेलको ३३ औँ मिनेटमा पेपेले गोल गर्दै अग्रता दोब्बर पारेका थिए। खेलको १७ औँ मिनेटमा गोन्सालो रामोसको गोलमा पोर्चुगलले स्वीटजरल्याण्डविरुद्ध १–० को अग्रता बनाएको थियो। रामोसनले जाओ फ्लीक्सको पासमा गोल गरेका थिए।
Shares
प्रतिक्रिया