फुटबलको महाकुम्भ विश्वकपमा अहिले विभिन्न देशका खेलाडीले स्पर्धा गरिरहेका छन्। विभिन्न स्तरका खेलाडीले आफ्नो प्रतिभा देखाइरहेका छन्। संर्घष गरेर राष्ट्रिय टोलीसम्म पुगेका खेलाडीहरु विश्वकपसम्मको यात्रा तय गरेका छन्।
फुटबल जीवनमा धेरै खेलाडीले विश्वकपको सपना देखिरहेका हुन्छन्। त्यसमध्ये कहालीलाग्दो बाल्यकाल बिताउँदा खेल जीवन त परको कुरा विश्वपसम्मको यात्रा कल्पना पनि गरेका हुँदैनन्। तर, जिन्दगीका अनेकन समस्या पार गर्दै विश्वकप पुग्दाको खुसी खेलाडीले शब्दमा बयान गर्न पनि सक्दैनन्। शरणार्थी शिविरमा देखि विश्वकपसम्मको यात्रा तय गर्ने थोरैमात्र खेलाडीमध्य एक हुन् अष्ट्रेलियाका अवेर मबिल।
केन्याको काकुमा शरणार्थी शिविरदेखि विश्वकपसम्म उनको यात्रा निकै उतारचढावपूर्ण छ। सुडानी गृहयुद्धबाट भागेका आमाबाबुबाट जन्मेका मबिल एउटा सानो झुपडीमा हुर्के। व्यावसायिक फुटबलर बन्न डेनमार्क, पोर्चुगल, बेलायत र स्पेनमा हिँडे। च्याम्पियन्स लिगमा गोल गर्ने चार अष्ट्रेलियालीमध्ये उनी पनि एक हुन्।
तर अझै पनि मानिसले ‘ओहो! शरणार्थी बच्चा हो’ भन्ने गरेको महसुस गरेका छन्। तर उनी कसैको दया चाहँदैनन्। उनीहरुले कहिल्यै पनि खेलाडीको मेहनत भन्दा उनको बाल्यकाल नै हेर्ने गरेको उनको बुझाइ छ। उनले भने, ‘जब तपाई युरोप अष्ट्रेलिया आउनुहुन्छ तपाईलाई कसैले पनि सम्मान गर्दैनन्। त्यसको लागि तपाईले मेहनत गर्नुपर्छ, लड्नुपर्छ। धेरैले शरणार्थी शिविरबाट आएको कुरालाई नै जोड दिन्छन्।’
मबिल भन्छन्, ‘मैले अहिले शरणार्थी बच्चाको उपमा पाएको छु, त्यसकै कारण उनीहरुले म प्रति सहानुभूति देखाउँछन् तर वास्तवमा उनीहरुले कहिल्यै पनि म को हुँ भनेर बुझ्ने प्रयास गर्दैनन्।’
उनी अष्ट्रेलियामा आएपछि उनले व्यावसायिक रुपमा ला लिगा खेल्न थाले। उनलाई धेरैले शरणार्थीकै नजरमा हेरे। उनी १० वर्षसम्म शरणार्थी शिविरमा बसे पनि त्यति नै समय अष्ट्रेलिया बस्दा पनि उनलाई शिविरको छायाँले भने पछ्याउन भने छाडेको छैन। अहिले पनि मानिसहरुले शरणार्थीकै रुपमा हेर्ने गरेको उनको गुनासो छ।
आधा उमेरको समय अष्ट्रेलियामा बसेको मानिसहरुले बिर्सिने गरेको उनी बताउँछन्। यो कुराले उनी बेलाबेला दुखी हुन्छन्। उनी शरणार्थी शिविरका लागि मात्र हैन, सबैका लागि एक फुटबलरको परिचय बनाउन चाहन्छन्।
उनले थपे, ‘म युरोपमा आएको थिएँ। मसँग शिविरमा रहेका थुप्रै बच्चालाई प्रोत्साहन गर्ने सपना र जिम्मेवारी थिए। म मेरो देश र संसारभरका मानिसहरुलाई प्रेरणा दिन चाहन्छु। केहीले मेरो शरणार्थी कथा सुनेर कथा सुनेर यो प्रेरणादायी र सुन्दर छ भनेर भन्न सकून्।’
उनले मोटरसाइकलको पछाडि चढेर काकुमा छाडेका थिए। त्यो बेलामा उनका साथीहरुले उनलाई पछ्याइरहेका थिए। ‘देश छाड्न धेरै गाह्रो हुनेरहेछ। जब म विदेश आए तब मलाई फर्किन मन लाग्यो। एडिलेडमा हुँदा पनि मसँग आफ्नै संस्कृति थियो। सुरुवातमा मैले यहाँको भाषा नै बोलिनँ’, उनले भने।
मोबिललाई त्यो समय एउटै कुराले अगाडि बढ्न प्रेरित गर्यो, त्यो हो फुटबल। उनी मोजाको बल बनाएर खेल्न थाले। बिस्तारै उनी घुलमिल हुन थाले र अगाडि बढे।
यो विश्वकपमा पुग्नु उनका लागि सामान्य थियो किनकी यो अष्ट्रेलियन टोलीले देखेको सपना थियो। उनीहरु यत्तिमै सन्तुष्ट छैनन्। अष्ट्रेलियन टोलीको सपना थियो अघिल्लो चरणसम्म पुग्ने। ‘अन्तिम १६ बाट क्वार्टरफाइनलसम्म पुग्ने सपना थियो, जुन आगामी पुस्ताका लागि पनि सहयोगी होस्’, उनले थपे, ‘जब खेलमा जोडिनुहुन्छ तब राम्रो समाज आफैं बन्दै जान्छ।’
Shares
प्रतिक्रिया