ad ad

खेल


यी हुन् सबैभन्दा धनी १० फुटबलर, कसको सम्पत्ति कति?

यी हुन् सबैभन्दा धनी १० फुटबलर, कसको सम्पत्ति कति?

नेपालखबर
मंसिर १९, २०७९ सोमबार ८:३१, काठमाडौँ

फिफा विश्वकप २०२२ मा नकआउट चरणका खेल चलिरहेका छन्। कतार विश्वकपमा जसरी नतिजा आइरहेको छ  त्यसको आशा कसैले पनि गरेका थिएनन्। 

फुटबलमा नाम चलेका चर्चित खेलाडीको जादु मैदानमा दर्शकले हेरिरहेका छन्। मैदानमा जसरी समर्थकको साथले धनी छन् खेलाडीहरु अर्थिक रुपमा पनि उति नै सबल छन्। समर्थकसँगै आर्थिक रुपमा पनि बलियो हुने र आफ्नो मूल्य बढाउन खेलाडी मैदानमा भिडिरहेका छन्। 

फुटबलको नयाँ सिजनका लागि मार्केट खुला हुनुअघि धेरै खेलाडीका लागि विश्वकप सुनौलो मौका हो आफ्नो खेल कौशलले बलिया टोलीको ध्यान तान्ने र आफ्नो माग बढाउने। 

यहीबीचमा फोर्ब्सले सार्वजनिक गरेको विश्वका धनी व्यक्तिको सूचीमा पनि विश्वकप खेलिरहेका खेलाडीले वर्चश्व जमाएका छन्। 

वर्ष २०२२ मा फ्रान्सका स्टार खेलाडी केलियन एम्बाप्पेले अर्जेन्टिनी स्टार लियोनल मेस्सी र पोचुगिज क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै विश्वकै सर्वाधिक कमाउने फुटबलर बनेका छन्।  एर्लिन हालान्डले भने सर्वाधिक कमाउनेको फोर्ब्सको सूचीमा डेब्यु गरेका छन्। फोर्ब्सका अनुसार फुटबलका सबैभन्दा धेरै आम्दानी गर्नेहरुको कुल कमाइ ६२५ मिलियन भन्दा धेरै छ। 

मैदान भित्रको खेलका कारण मात्र हैन, मैदान बाहिरको गतिविधिले पनि खेलाडी चर्चामा आउने गर्छन्। त्यहीबीचमा वर्ष २०२२ मा सर्वाधिक आम्दानी गर्ने १० खेलाडीको चर्चा यहाँ गरिएको छ। 

१. केलियन एम्बाप्पे (फ्रान्स)

फ्रान्सका स्टार तथा पेरिस सेन्ट जर्मन (पीएसजी) का केलियन एम्बाप्पेले यो वर्ष १२८ मिलियन डलर आम्दानी गरेका छन्। २३ वर्षीय एम्बाप्पेको पीएसजीको पारिश्रमिक ११० मिलियन र अतिरिक्त आम्दानी १८ मिलियन रहेको छ। एम्बापेले पीएसजीसँग ३ वर्षको सम्झौता गरेका छन्। 

२. लियोनल मेस्सी (अर्जेन्टिना)

अर्नेन्टिनी स्टार मेस्सीले यो वर्ष १२० मिलियन डलर आम्दानी गरेका छन्। ३५ वर्षीय मेस्सीले लिग वान क्लब पीएसजीबाट खेलिरहेका छन्। कतार विश्वकपमा अर्जेन्टिनाको कप्तानी गरिरहेका मेस्सीले ६५ मिलियन डलर क्लबसँगको सम्झौताबाट आम्दानी गरेको फोर्ब्सले उल्लेख गरेको छ। मैदान भित्रको खेलले मात्र हैन विभिन्न विज्ञापनबाट पनि उनले मनग्ये आम्दानी गर्छन्। 

मेस्सीले ५५ मिलियन डलर मैदान बाहिरबाट गर्ने फोब्र्सले जनाएको छ। स्पोर्टस् ब्राण्ड माइक र हर्बालाइफ जस्ता कम्पनीसँगको प्रायोजक सम्झौता मार्फत पनि उनले राम्रो कमाइ गर्छन्। त्यसैले मैदान भित्र मात्र हौ बाहिर पनि धेरै कमाउने खेलाडीको रुपमा उनी चिनिन्छन्। 

३. क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) 

पोर्चुगिज स्टार रोनाल्डोले वार्षिक १ सय मिलियन डलर आम्दानी गर्छन्। ३७ वर्षीय रोनाल्डोले विश्वकप अघि म्यानचेष्टर युनाइटेडसँगको सम्झौता तोडेका छन्। कतार विश्वकपमा पोर्चुगलको कप्तानी गरिरहेका रोनाल्डोले हाल फ्रि एजेन्ट मार्फत २०८ मिलियन डलरमा अर्को क्लबमा जाने चर्चा छ। यदी यो सम्झौता उनले स्वीकार गरेका रोनाल्डो अर्को वर्ष १ नम्बरमा आउन सक्छन्। २०२२ मा रोनाल्डोले ४० मिलियन डलर अनफिल्ड र ६० मिलियन डलर अफ फिल्डमार्फत आम्दानी गरे। 

४. नेयमार जुनियर (ब्राजिल)

ब्राजिलका मुखय फरवर्ड नेयमार लिग वान क्लब पीएसजीमा आवद्ध छन्। ३० वर्षीय नेयमारले सन् २०२१ मा पीएसजीसँगको आफ्नो सम्झौता बढाएर २०२५ सम्म पुर्याएका छन्। विश्वका शीर्ष खेलाडीको सूचीमा आउने उनले ८७ मिलियन डलर आम्दानी गरे। 
अनफिल्ड उनले ५५ मिलियन डलर आम्दानी गर्दा अफ फिल्ड ३२ मिलियन डलर आम्दानी गरे। 

५‍. मोहम्म्द सलाह (इजिप्ट)

कतार विश्वकपमा इजिप्टले छनोट चरण पार गर्न नसकेपछि ३० वर्षीय मोहमद सलाहलाई जारी विश्वकपमा देख्न पाइएको छैन। 
प्रिमियर लिग क्लब लिभरपुलका फरवर्ड तथा इजिप्टका कप्तान सलाह यो वर्ष सर्वाधिक आम्दानी गर्ने खेलाडीको पाँचौ नम्बरमा छन्। फोब्र्सका अनुसार उनले अन फिल्ड ३५ मिलियन र प्रायोजकमार्फत १८ मिलियन डलर आम्दानी गर्दैै कुल ५३ मिलियन डलर आम्दानी गरेका छन्।  

६ एर्लिङ हालान्ड (नर्वे)

नर्वेले विश्वकपको छनोट चरण पार गर्न नसकेपछि यो पटक एर्लिङ हालान्डलाई यो पटकको विश्वकपमा मैदानमा देख्न पाईएको छैन। त। फोब्र्सले सार्वजनिक गरेको सर्वाधिक धनी खेलाडीको सुचीमा भने २२ वर्षीय हालान्डले छैटौँ नम्बरमा स्थान बनाएका छन्। प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीका स्ट्राइकर हालान्डले ३५ मिलियन डलर आम्दानी मैदानमा मात्र गर्छन भने ४ मिलियन डलर भने मैदान बाहिरबाट कमाउँछन्। 

७. रोबर्टो लेवान्डोस्की (पोल्याण्ड)

जारी विश्वकपमा करियरको पहिलो गोल गरेका लेवान्डोस्कीको चर्चा राम्रै भयो। उनको टोलीले नकआउट चरणमा स्थान पनि बनायो। अन्तिम विश्वकप खेलिरहेका ३४ वर्षीय लेवान्डोस्की बार्सिलोनामा आवद्ध छन्। ला लिगा क्लब बार्सिलोनामा आवद्ध उनले ३५ मिलियन डलर आम्दानी गर्छन्। अन फिल्ड २७ मिलियन अन फिल्ड र ८ मिलियन अफ फिल्ड आम्दानी गर्छन्। 

८. इडेन हाजार्ड (बेल्जियम)

बेल्जियम राष्ट्रिय टोलीका कप्तान तथा ला लिगा क्लब रियल मड्रिडका आक्रमक मिडफिल्डर इडेन हार्जाड सर्वाधिक आम्दानी गर्ने खेलाडीको शीर्ष १० मा छन्। टोलीमा विङगर र मिडफिल्डर दुवै पोजिशनमा आफुलाई प्रमाणित गरिसकेका ३१ वर्षे आजार्ड टोलीको आवश्यक्ता अनुसार खेल्छन्। उनी पछिल्लो समयका उत्कृष्ट खेलाडी हुन् भन्दा कुनै फरक पर्दैन। 
हाजार्डले अन फिल्ड २७ मिलियन र अफ फिल्ड ४ मिलियन डलर आम्दानी गरेका छन्। 

९. आन्द्रेस इनिष्टा (स्पेन) 


स्पेनिस प्रोफशनल फुटबलर आन्द्रेस जे आइ लिग क्लब भिसेल कोवेका कप्तान समेत हुन्। फोब्र्सका अनुसार ३८ वर्षीय आन्द्रेसले  २०२२ मा ३० मिलियन डलर आम्दानी गरेका छन्। 
उनले अन फिल्ड २५ र अफ फिल्ड ५ मिलियन डलर आम्दानी गरेका छन्। 

१०. केभिन डे ब्रूयन  (बेल्जियम)


बेल्जियमका ३१ वर्षीय केभिन प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीका मिडफिल्डर हुन्। 
राष्ट्रिय टोलीका समेत मुख्य खेलाडी रहेका केभिनले वर्ष २०२२ मा २९ मिलियन डलर आम्दानी गरेका छन्।  उनले अन फिल्ड २५ मिलियन डलर र अफ फिल्ड र अफ फिल्ड ४ मिलियन डलर आम्दानी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .