विश्वकप फुटबलको पहिलो नकआउट खेलमा अहिले नेदरल्याण्ड्स र अमेरिका भिडिरहेका छन्। खेलको पहिलो हाफ सकिँदा नेदरल्याण्ड्सले २–० को अग्रता लिएको छ।
खालिफा इन्टरनेशनल स्टेडियममा १० औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै सुरुवाती अग्रता दिलाए थिए। पहिलो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा मिडफिल्डर डली ब्लिनले अग्रता दोब्बर पारेका हुन्। दुवै गोलमा मिडफिल्डर डेन्जल डुमफ्रिसले असिस्ट गरेका हुन्।
तर अमेरिकाले गोल फर्काउने प्रयास गरिरहेको छ। सुरुमै पछि परेपछि नेदरल्याण्ड्समाथि अमेरिकाले दबाब बढाए पनि गोल भने गर्न सकेको छैन।
नेदरल्याण्ड्स समूह ए को विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो। अमेरिका समूह बी को उपविजेता हो। दुवै टोली समूह चरणमा अपराजित थिए। आजको खेल जित्ने टोली क्वार्टरफाइनलमा प्रवेश गर्ने छ।
Shares
प्रतिक्रिया