ad ad

खेल


सर्वियाको चेन्जिङ रुममा भेटियो राष्ट्रवादीको झण्डा, फिफाले थाल्यो अनुसन्धान

सर्वियाको चेन्जिङ रुममा भेटियो राष्ट्रवादीको झण्डा, फिफाले थाल्यो अनुसन्धान

नेपालखबर
मंसिर ११, २०७९ आइतबार ११:३४, काठमाडौँ

कतारमा जारी फिफा विश्वकपअन्तर्गत सर्बियाका खेलाडीको ड्रेसिङ रुममा सर्वियाका राष्ट्रवादीहको झण्डा झुण्ड्याएको तस्बिर सार्वजनिक भएसँगै फिफाले अनुसन्धान अघि बढाएको छ।

ब्राजिलसँगको खेलअघि सर्बियाको ड्रेसिङ रुममा उक्त झण्डा देखिएको हो। ड्रेसिङ रुममा भटिएका झण्डामा कोसोभोलाई सर्बियाको एक भागको रुपमा राख्दै  रेखांकन गरिएको छ।

अल्बानियनहरुको बाहुल्य रहेको कोसोभोले सन् २००८ यता आफूलाई स्वतन्त्र राज्यको दाबी गर्दै आएको छ। कोसोभो अहिले फिफाको सदस्यसमेत छ तर सर्बियाले भने त्यसलाई स्वीकार गरेको छैन। 

फिफाले शनिबार एक वक्तव्य जारी गर्दै  ड्रेसिङ रुममा भेटिएको झण्डाको विषयमा अनुसन्धान सुरु गरिएको बताएको छ। कोसाभोको फुटबल संघले सर्बियाको यस किसिमको व्यवहारप्रति आपत्ति जनाएको छ।

‘विश्वकप खुसी र एकताको प्रतियोगिता हो। यो प्रतियोगितामा आशा र शान्ति फैलाउने गतिविधि हुनुपर्छ, घृणा फैलाउने क्रियाकलाप होइन’, संघले भनेको छ। 

मंगलबार भएको ब्राजिल र सर्बियाको खेलमा ‘हामी आत्मसमर्पण गर्दैनौं’ लेखिएको झण्डा पनि समर्थकहरुले प्रदर्शन गरेका थिए। 

सामाजिक सञ्जालमा भाइरल भएको उक्त झण्डासहितको पोस्ट कोसोभोका संस्कृति, युवा तथा खेलमन्त्रीले पनि शेयर गरेका थिए। भाइरल भएको तस्बिरमा कुनै पनि खेलाडी देखिएका छैनन्।  

उक्त झण्डा डिफेन्डर मिलोस भेल्ज्कोभिक र मिडफिल्डर एन्द्रिजा जिभ्कोभिकको लकरअघि देखिएको छ। भेल्ज्कोभिक वेर्डरबाट खेल्दै आएका छन्।

बुन्डेसलिगा क्लबका प्रवक्ताले आफ्ना खेलाडीले उक्त तस्बिर खेलपछि मात्र देखेको बताएका छन्। खेल सकिएपछि ड्रेसिङ रुममा आउँदा भने उक्त झण्डा नदेखिएको उनको भनाइ छ। 

ब्राजिलसँग २–० ले पराजित भएको सर्बियाले सोमबार क्यामरुनसँग खेल्दै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .