ad ad

खेल


विश्वकपका लागि बेलको कप्तानीमा वेल्सको टिम घोषणा

विश्वकपका लागि बेलको कप्तानीमा वेल्सको टिम घोषणा

नेपालखबर
कात्तिक २४, २०७९ बिहिबार १०:२८, काठमाडौँ

युरोपियन देश वेल्सले पनि विश्वकप फुटबल खेल्ने आफ्नो टोली घोषणा गरेको छ।

चर्चित स्ट्राइकर ग्यारेथ बेलको कप्तानीमा वेल्सले २६ सदस्यीय टोलीको घोषणा गरेको हो।

अनुभवी खेलाडीलाई स्थान दिँदै वेल्सले विश्वकपका लागि टोली तयार गरेको छ। पछिल्लो समय खराब नतिजाका बाबजुत वेल्स अन्तिम खेलमा युक्रेनलाई पराजित गर्दै प्लेअफबाट वेल्सले स्थान बनाएको हो।

ग्यारेथ बेलकै गोलमा युक्रेनलाई वेल्सले १–० ले पराजित गर्दै विश्वकपको यात्रा तय गरेको थियो। 

कतार विश्वकपमा वेल्स समूह बीमा छ। समूह बीमा इङ्ल्याण्ड, इरान र अमेरिका पनि छन्। 

मंसिर ५ गते राति १२ः४५ बजे अमेरिकासँग खेल्दै वेल्सले विश्वकप यात्रा सुरु गर्नेछ। 

यस्तो छ वेल्सको टिम
गोलरक्षक : वायन हेनेसी, डेनी वार्ड, एडम डाभिस

डिफेन्डर : नेको विलियम्स, बेन डाभिस, बेन काबाङ्गो, जो रोडन, क्रिस मेफाम, एथन एमपाडु, क्रिस गन्टर, कोनर रोबर्टस्, टोम लकर

मिडफिल्डर : आरोन राम्सी, जोय एलन, ह्यारी वील्सन, जोम मोरेल, डिलन लेविट, रुविन कोलवील, जोनी वीलियम्स, म्याथु स्मिथ, सोर्वा थोमस 

फरवार्ड : ग्यारेथ बेल, डेन जेम्स, किफर मुरे, मार्क ह्यारिस, ब्रेनान जोन्सन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .