ad ad

खेल


यस्तो छ विश्वकप खेल्ने कोस्टारिकाको टोली, नाभास र क्याम्पबेलले बनाए स्थान

यस्तो छ विश्वकप खेल्ने कोस्टारिकाको टोली, नाभास र क्याम्पबेलले बनाए स्थान

नेपालखबर
कात्तिक २२, २०७९ मंगलबार १६:१, काठमाडौँ

पेरिस सेन्ट जर्मन (पीएसजी) का गोलरक्षक केलोर नाभास र आर्सनलका पूर्वफरवार्ड जोएल क्याम्पबेलले कतार विश्वकप २०२२ का लागि कोस्टारिकाको टोलीमा स्थान बनाएका छन्। 

कोस्टारिकाले घोषणा गरेको टोलीमा फुल्ह्यामका ३७ वर्षीय मिडफिल्डर ब्रायन रुइज र सन्डरल्याण्डका स्टाइकर जेविसन बेनेटले पनि स्थान बनाउन सफल भएका छन्। 

अनुभवी र युवा खेलाडीको समिश्रण रहेको टोलीमा १९ वर्षिय ब्रान्डन अगुइलेराले पनि स्थान बनाएका छन्। 

समूह ‘ई’मा रहेको कोस्टारिकाले नोभेम्बर २३ मा स्पेनको सामना गर्नेछ। दोस्रो खेलमा २७ नोभेम्बरमा जापान र समूह चरणको अन्तिम खेलमा डिसेम्बर २ मा जर्मनीको सामना गर्नेछ। 

गत जुनमा भएको इन्टर कन्टिनेन्टल प्लेअफमा न्युजिल्याण्डलाई हराउँदै कोस्टारिका विश्वकमिा छनोट हुने अन्तिम टोली बनेको थियो। सन् २०१४ मा क्वार्टरफाइनल सम्म पुगेको कोस्टारिका २०१८ मा समुह चरणभन्दा अगाडी बढ्न सकेको थिएन। 

कोस्टारिकाको टोली :
गोलकिपर :
 केलोर नाभास (पेरिस सेन्ट जर्मेन), एस्टेबान अल्भाराडो (हेरेडियानो), प्याट्रिक सिक्वेरा (सीडी लुगो)

डिफेन्डर :  फ्रान्सिस्को काल्भो (कोन्यास्पोर), जुआन पाब्लो वर्गास (मिलोनारियोस एफसी), केन्डल वेस्टन (साप्रिसा), ओस्कर डुआर्टे (अल–वेहडा), डेनियल चाकोन (कोलोराडो र्यापिड्स), केशर फुलर (हेरेडियानो), कार्लोस मार्टिनेज (सान कार्लोस), ब्रायन ओभिएडो (रियल साल्ट लेक), रोनाल्ड मटारिटा (सिनसिनाटी)

मिडफिल्डर : येल्तसिन तेजेडा (हेरेडियानो), सेल्सो बोर्गेस (अलाजुएलेन्स), युस्टिन सालास (साप्रिसा), रोन विल्सन (ग्रेसिया), गेर्सन टोरेस (हेरेडियानो), डगलस लोपेज (हेरेडियानो), जेविसन बेनेट (सुन्दरल्याण्ड), अल्भारो जामोरा (साप्रिसा), अल्भारो जामोरा (साप्रिसा), हर्नान्डेज (पुन्टरेनास एफसी), ब्रान्डन अगुइलेरा (नोटिंघम फरेस्ट), ब्रायन रुइज (अलाजुएलेन्स)

फरवार्ड : जोएल क्याम्पबेल (लियोन), एन्थोनी कोन्ट्रेरास (हेरेडियानो), जोहान भेनेगास (अलाजुएलेन्स)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .