ad ad

खेल


एकै ओभरमा गुम्यो नेपालको दुई विकेट, दुई रनमै आउट भए सन्दीप

एकै ओभरमा गुम्यो नेपालको दुई विकेट, दुई रनमै आउट भए सन्दीप

नेपालखबर
फागुन २६, २०८० शनिबार १४:१८, काठमाडौँ

हङकङमा जारी मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपालले पाचौँ विकेट गुमाएको छ। शनिबार जारी खेलमा हङकङले नेपाललाई २ सय १३ रनको विशाल लक्ष्य दिएको छ। 

उक्त लक्ष्य पछ्याउनेक्रममा नेपालले पाचौँ विकेट गुमाएको हो। 

कप्तान रोहित पौडेल खेलको १०.६ ओभरको खेल चलिरहँदा हङकङका बलर धनन्जय राओको बलमा अजिज खानले कप्तान पौडेललाई आउट भए। 

कप्तान पौडेल आउट भएपछि क्रिजमा छिरेका अर्का ब्याटर सन्दीप जोरा दुई रनमै आउट भएका छन्। उनलाई हङकङका बलर आजिज खानले १३ औँ ओभरको खेल चलिरहँदा आउट गराए। उनी ४ बलमा २ रन जोड्दै आउट भए। 

सोही ओभरमा उनै खानले नेपालका अर्का ब्याटर आरिफ शेखलाई पनि आउट गरे। 

कप्तान पौडेलले २३ बलमा ३० रनको योगदान गरे।

ओपनर कुशल भुर्तेल ४ बलमा दुई रन बनाएर आउट भए। त्यस्तै, अर्का ओपनर विनोद भण्डारी २२ बलमा ४२ रन जोड्दै आउट भए। 

हङकङको मोङ ककस्थित मिसन ग्राउण्डमा जारी खेलमा नेपालले १४ औँ ओभरको खेल सुरु हुँदा नेपालले १ सय ३१ रन बनाएको छ।

अहिले गुल्सन झा र विवेक यादव क्रिजमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .