ad ad

खेल


नेपाल भर्सेस हङकङ : २३ बलमा ३० रन जोडेर आउट भए कप्तान पौडेल

नेपाल भर्सेस हङकङ : २३ बलमा ३० रन जोडेर आउट भए कप्तान पौडेल

फाइल


नेपालखबर
फागुन २६, २०८० शनिबार १४:९, काठमाडौँ

हङकङमा जारी मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपालले तेस्रो विकेट गुमाएको छ। शनिबार जारी खेलमा हङकङले नेपाललाई २ सय १३ रनको विशाल लक्ष्य दिएको छ। 

उक्त लक्ष्य पछ्याउनेक्रममा नेपालले तेस्रो विकेट गुमाएको हो। कप्तान रोहित पौडेल खेलको १०.६ ओभरको खेल चलिरहँदा हङकङका बलर धनन्जय राओको बलमा अजिज खानले कप्तान पौडेललाई आउट गरेका हुन्।

उनी २३ बलमा ३० रन जोड्दै आउट भएका हुन्।

ओपनर कुशल भुर्तेल ४ बलमा दुई रन बनाएर आउट भए। त्यस्तै, अर्का ओपनर विनोद भण्डारी २२ बलमा ४२ रन जोड्दै आउट भए। 

हङकङको मोङ ककस्थित मिसन ग्राउण्डमा जारी खेलमा नेपालले सातौँ ओभरको खेल चलिरहँदा ६६ रन बनाएर खेलिरहेको छ। 

अहिले कप्तान रोहित पौडेल र आरिफ शेखले ब्याटिङ गरिरहेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .