खेल


विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता ‘द ग्रेट कर्णाली क्वेस्ट–२०२४’ हुने

विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता ‘द ग्रेट कर्णाली क्वेस्ट–२०२४’ हुने

नेपालखबर
मंसिर १७, २०८० आइतबार १८:०, काठमाडौँ

मार्च ८ देखि १३ सम्म अन्तर्राष्ट्रियस्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड प्रतियोगिता ‘द ग्रेट कर्णाली क्वेस्ट–२०२४’ हुने भएको छ।

नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज,नेपाल नदी संरक्षण संस्था एनआरसिटी र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड ‘द ग्रेट कर्णाली क्वेस्ट–२०२४’ हुन लागेको हो।

आइतबार नाराले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कर्णाली क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड द ग्रेट कर्णाली क्वेस्ट,२०२४ गर्न लागेको जनाएको छ।

‘द ग्रेट कर्णाली क्वेस्ट’ दैलेख जिल्लाको आठबिस नगरपालिकाको राकम कर्णालीबाट कैलाली जिल्लाको दौलतपुर घाटसम्म राफ्ट दौडले कर्णाली नदीको किनारमा २४८ किलोमिटर पार गर्नेछ। 

पत्रकार सम्मेलनमा बोल्दै द ग्रेट कर्णाली क्वेस्टका अध्यक्ष मेघ आलेले विश्वका देशहरुको राफ्ट दौडको लागि कर्णालीमा आँखा रहेकाले तत्काल द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौड गर्न लागेको बताए। 

उनले द ग्रेट कर्णाली क्वेस्ट दौडले कर्णालीको ब्राण्ड, आर्थिक पर्यटन र कर्णालीको दिगो पर्यटनलाई समेत जोड्ने पनि बताए। कर्णाली नदीलाई सरकारले पनि संरक्षण गर्न आवश्यक रहेको बताउँदै आलेले द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौडमा ६ जनाको टिम हुने बताए।

द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौडमा भाग लिने टिमले ४५० डलर शुल्क तिर्नुपर्ने उनको भनाइ छ। द ग्रेट कर्णाली क्वेस्टको पुरस्कार ३ हजार डलर राखिएकोमा ४ हजार डलर पुग्ने अपेक्षा रहेको बताउनु भयो । उहाँले द ग्रेट कर्णाली क्वेस्टको लाइभ समेत गरिने योजना रहेको पनि बताए।

नेपाल एशोसिएशन अफ राफ्टिग्ङ एजेन्सिजका अध्यक्ष शिव अधिकारीले पर्यटन बोर्डमा राजनीतिक खिचातानी हुँदा पर्यटन प्रवद्र्धन गर्ने कामहरु हुन नसकेको बताए। 

उनले कार्यक्रमहरू गर्न बोर्डले प्राप्त बजेट हुँदा हुँदै पनि नदिँदा समस्या भइरहेको बताउँदै ग्रेट कर्णाली क्वेस्ट ठूलो परियोजना भएकाले सबै मिलेर सफल बनाउन आवश्यक रहेको बताए।

मुलुकको पर्यटन प्रवद्र्धन गर्ने काम नगर्ने हो भने प्रर्यटन बोर्ड बन्द हुनुपर्ने भन्दै निजी क्षेत्रले सहज रुपमा काम गर्न पाउनुपर्ने माग राख्ने उनले बताए।

प्रतियोगितामा १६ टिमको लागि फेब्रअरी ५ देखि २४ सम्म खुला गरेको छ। अहिलेसम्म ६ अन्तर्राष्ट्रिय टिम सहभागिता हुने निश्चित भइरहेको आयोजकले जनाएको छ। २३ नोभेम्बर २३ देखि २८ सम्म तय गरिएको द ग्रेट कर्णाली क्वेस्ट कार्यक्रम पश्चिम नेपालमा गएको भूकम्पको कारण स्थगन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .