पर्यटकीय सहर पोखरामा पहिलोपटक आयोजना गरिएको पोखरा रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) को उपाधि खुलातर्फ दार्चुलाका मुकेश थापाले जितेका छन्।
२९ वर्षीय मुकेशले निर्धारित ५ किमी दुरी १७ः३१ः६७ मिनेटमा पूरा गरे। सुवास गुरुङले १७ः५४ः२५ मिनेटमा दुरी पार गर्दै दोस्रा तथा अकलबहादुर पाल तेस्रा भए। अकलबहादुरले निर्धारित दुरी १८ः०२ः०३ मिनेटमा पारे।

महिलातर्फ २३ः०३ः५४ मिनेटमा दुरी पूरा गर्दै पुष्पा शर्मा लिम्बु विजयी भइन्।
यू-१६ तर्फ राम ढुंगाना र विदेशी तर्फ फ्रान्सका स्याम्युल प्रथम भए। रामले २४ः३९ः६० मिनेट तथा स्याम्युलले २२ः०८ः०७ मिनेटमा दौड पूरा गरेको प्रतियोगिताका रेस डाइरेक्टर ओम गुरुङले जानकारी दिए।
प्रतियोगितामा नेपालसहित पाँच देशका १ सय ४५ धावक सहभागी भएका थिए।
फेवाताल किनार बाराहीघाटदेखि पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलसम्मको ५ किलोमिटरको दौडमा नेपालसहित, नर्वे, फ्रान्स, थाइल्यान्ड र इङ्ल्यान्डका धावक सहभागी थिए।
‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ उद्घोषका साथ पहिलोपटक रात्रीकालिन सडक दौड आयोजना गरिएको हो।
खुलातर्फका विजेताले १५ हजार तथा उपविजेताले १० हजार रुपैयाँ प्राप्त गरे। तेस्रो हुनेले पाँच हजार रुपैयाँ पाए।
अन्य विधाका विजेताले जनही ७ हजार रुपैयाँसहित प्रोत्साहन पुरस्कार पाए।
Shares

प्रतिक्रिया