फुटबलका पूर्वराष्ट्रिय खेलाडी डम्बरसिंह गुरुङको निधन भएको छ।
७१ वर्षीय गुरुङको हृदयघातका कारण बुधबार पोखरा ३, नदीपुरमा निधन भएको हो।
ब्रिटिस आर्मीमा कार्यरत हुँदै राष्ट्रिय खेलकुद परिषदको विशेष अनुरोधमा नेपालको राष्टिय फुटबल टिमबाट सन् १९७४ मा तथा यु–१९ को टिमबाट उनले फुटबल खेलेका थिए।
सन् १९८२ मा उनले खेलेको आरसिटी क्लब राष्ट्रिय लिगमा लिग च्याम्पियनसमेत बनेका थियो।
ब्रिटिस आर्मीबाट सेवा निवृत्त भएपछि सन् १९६६ मा नेपालको यु–१४ र यु–१६ टिम, सशस्त्र प्रहरी बलको एपिएफ टिम र त्रिभुवन आर्मी क्लबको प्रशिक्षक समेत रहेका थिए।
उनका श्रीमती, १ छोरा र ३ छोरी छन्। पारिवारिक श्रोतका अनुसार उनको शनिबार पोखरामा अन्येष्टि गरिने भएको छ।
पोखराको चर्चित सहारा क्लब पोखराद्वारा संचालित सहारा एकेडेमीमा सुरुआती ६ वर्ष निःशुल्क प्रशिक्षक भइ उनले पोखराको फुटबल विकासमा विशेष योगदान दिएका थिए।
उनको निधनमा सहारा क्लबले शोक व्यक्त गरेको छ। महासचिव रामजीप्रसाद अधिकारीद्वारा जारी शोक विज्ञप्तिमा गुरुङको चीरशान्तिको कामना गरिएको छ।
प्रतिक्रिया