खेल


टी ट्वान्टी वरियतामा नेपालका तीन खेलाडी पहिलो पटक समावेश

टी ट्वान्टी वरियतामा नेपालका तीन खेलाडी पहिलो पटक  समावेश

नेपालखबर
असोज २४, २०७६ शुक्रबार ११:४७,

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी–ट्वान्टी वरियतामा नेपालका तीन खेलाडी पहिलो पटक समावेश भएका छन्।

राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने, करण केसी र अविनाश बोहरा पहिलो पटक आइसिसीको टी ट्वान्टी क्रिकेटको नयाँ वरियतामा समावेश भएका हुन्।

नेपाली बलरहरुमा सन्दीप शीर्ष स्थानमा छन । वरियताको बलिङतर्फ सन्दीप ६४औँ स्थानमा रहेका छन् । सन्दीपले ४२२ रेटिङ अङ्क पाएका छन् ।

यस्तै ३७७ रेटिङ अंक पाएका करण ८३औँ स्थानमा छन्। ३५२ रेटिङ अंक पाएका अविनाश १००औँ स्थानमा छन्।

त्यस्तै बलिङतर्फ सोमपाल ४०८ रेटिङ अंकसहित ६८औँ स्थानमा छन्। ३८६ रेटिङ अंक पाएका वसन्त ९०औँ स्थानमा झरेका छन्। टी–ट्वान्टीको अलराउन्डर वरियतातर्फ कप्तान पारस २४औँ स्थानमा उक्लिएका छन्।

कप्तान खड्काले १०८ रेटिङ अंक पाएका छन्। अलराउन्डरतर्फ ५९ रेटिङ अंक पाएका नेपालका सोमपाल कामी ६२औँ स्थानमा यथावत् रहेका छन्। अलराउन्डतर्फ करण ४२ रेटिङ अंकसहित ८२औँ स्थानमा छन्।

ब्याटिङतर्फ कप्तान खड्काले ठूलो फड्को मारेका छन्। कप्तान पारस ४५औँ स्थानमा उक्लिएका छन्। ४६६ रेटिङ अंक पाएका कप्तान पारस अघिल्लो पटक ६६औँ स्थानमा रहेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad