खेल


ब्याटिङ नचलेपछि नेपाल आयरल्यान्डसँग पराजित

ब्याटिङ नचलेपछि नेपाल आयरल्यान्डसँग पराजित

नेपालखबर
असोज २२, २०७६ बुधबार ८:५७,

आयरल्यान्डले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले १ बल बाँकी रहँदा सबै विकेट गुमाएर १३२ रनमात्र बनाउन सक्यो।

नेपालका लागि कप्तान पारस खड्काले २५, इसान पाण्डेले २२, आरिफ सेखले २६ र दीपेन्द्रसिंह ऐरीले १९ रनको योगदान दिए। अन्य ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन्।

आयरल्यान्डका लागि जर्ज हेनरी र मार्क ऐडिरले समान तीन–तीन विकेट लिए। बलिङतर्फ नेपालका लागि सन्दिप लामिछानेले दुई, अविनाश बोहराले दुई, ललित राजबंशीले एक र करन केसीले एक विकेट लिएका थिए।

आयरल्यान्डका लागि स्टरलिङ र एन्डीले ८८ रनको पाटनरसिप गरेका थिए। ओपनिङमा आएका स्टरलिङले ४७ बलमा ५९ रन बनाए। त्यस्तै, एन्डीले २८ बलमा ३८ रन बनाए। थोमसनले अन्तिम ओभरमा दुई छक्काको मद्धतमा १८ रन बनाएर आफ्नो खातामा २१ रन जोडेका थिए।

यसअघि आइतबार भएको पहिलो खेलमा हङकङलाई पराजित गरेको नेपालले सोमबार नेदरल्याण्डलाई हराएको थियो।

उता आयरल्यान्डले हङकङ र नेदरल्याण्डलाई पराजित गरेको थियो भने आयोजक ओमानसँग हार चाखेको थियो।

ओमान क्रिकेटले आयोजना गरेको शृंखलामा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad