स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले ग्रानडामाथि ४–२ को जित निकाल्दा ह्याजार्डले पनि गोल गरे।
चेल्सीबाट यसै सिजन मड्रिडमा आवद्ध भएका ह्याजार्डले ला लिगामा ४ खेल खेल्दा सिजनको पहिलो गोल गर्न सफल भएका हुन्।
शनिबारको जितसँगै मड्रिड ला लिगामा ८ खेलबाट १८ अंक जोड्दै लिगको शीर्ष स्थानमै कायम छ।
यसैबीच फ्रेन्च लिग वानमा पीएसजीले एंगर्स क्लबमाथि ४–० को जित निकाल्न सफल भएको छ। यस खेलमा खेलको ९० औं मिनेटमा नेमारले पनि गोल गरेका थिए।
जितसँगै पीएसजी ९ खेलबाट २१ अंकसहित शीर्ष स्थानमै कायम छ।
प्रतिक्रिया