समाज


सुनसान हुँदै काठमाडौं, २४ लाख बाहिरिए, १२ लाख भित्रिए

सुनसान हुँदै काठमाडौं, २४ लाख बाहिरिए, १२ लाख भित्रिए

नेपालखबर
असोज १९, २०७६ आइतबार ६:३७,

दसैं मनाउन काठमाडौं उपत्यकाबाट अहिलेसम्म झन्डै २४ लाख मानिस बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरी प्रवक्ता एसपी रविकुमार पौडेलका अनुसार शनिबारसम्मको तथ्यांकअनुसार काठमाडौं उपत्यकाबाट २३ लाख ८५ हजार मानिस आफ्नो गाउँ गएका हुन्।

यस्तै दसैं मनाउनकै लागि देशका विभिन्न ठाउँबाट उपत्यका भित्रिने क्रम पनि जारी छ। शनिबारसम्म १२ लाख मानिस काठमाडौं उपत्यका भित्रिएको एसपी पौडेलले नेपालखबरलाई जानकारी दिए।

‘सबैभन्दा बढी हिजो (शनिबार) करिब ४ लाख मानिस उपत्यकाबाट बाहिरिएका छन्,’ उनले भने, ‘यस्तै हिजै सबैभन्दा बढी ८० हजार मानिस उपत्यका भित्रिएका छन्।’

आज पनि उपत्यकाबाट बाहिरिने तथा उपत्यकामा भित्रिने क्रम जारी रहेको उनले बताए। आजको तथ्यांक भने भोलि आउने ट्राफिक प्रवक्ता पौडेलले बताए।

सुनसान बन्दै उपत्यका
दसैं मान्न मानिस घर जाने क्रमसँगै काठमाडौं उपत्यका सुनसान बन्दै गएको छ।

अहिले उपत्यकामा मानिसको चहलपहल ह्वात्तै घटेको छ भने सडक पनि खाली देखिन थालेका छन्।

सार्वजनिक गाडी सीमित मात्र चलिरहेका छन् भने निजी गाडी तथा मोटरसाइकल मात्रै सडकमा गुडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .