भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले विश्वलाई युद्ध नभएर बुद्ध दिएको बताएका छन्।
संयुक्त राष्ट्रसंघको महासभामा बोल्ने क्रममा मोदीले यस्तो बताएका हुन्। उनका अनुसार भारतले हिंसा नभएर विश्वलाई शान्तिको पाठ सिकाएको छ।
शुक्रबार न्युयोर्कमा आयोजित राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै मोदीले भने,‘हामी त्यस देशको बासिन्दा हौं जसले विश्वलाई युद्ध होइन बुद्ध दिएको छ। भारतले पुरा विश्वलाई शान्तिको सन्देश दिएको छ।’
बीबीसीका अनुसार मोदीले १७ मिनेट सम्बोधन गरेका थिए। उनले सो क्रममा पाकिस्तानको नाम लिएनन्। यद्यपी पाकिस्तानमाथि सांकेतिक घोचपेच गरे।
उनले आतंकवाद विश्वको लागि खतरनाक भएको बताउँदै भने,‘हाम्रो आवाज आतंकवादविरुद्ध विश्वलाई सतर्क गराउनु हो र यो आतंकवादविरुद्धको आक्रोश पनि हो।’

प्रतिक्रिया