हलचोक स्थित सशस्त्र प्रहरी कार्यालको मैदानमा भएको उद्घाटन खेलमा १३औं मिनेटमा पेनाल्टीमार्फत माल्दिभ्सले अग्रता लिएको थियो। रोशन दोङले बक्सभित्र माल्दिभ्सका कप्तान हसन नाजिमलाई फल गरेपछि पाएको पेनाल्टीलाई नजिम आफैंले गोल गरेका थिए।
एक गोलले पछि परेको नेपाललाई ७५ औं मिनेटमा मनिष डाँगीले बराबरीमा ल्याएका थिए। डेब्यू खेलमा मनिषले उत्कृष्ट हेडिङ गोल गर्दै खेललाई १-१ मा टुंग्याए।
प्रतियोगिताको समूह 'ए' मा रहेको नेपालले अब दोस्रो खेलमा असोज ५ गते भुटानसँग खेल्नेछ। नेपाली टोली यसअघिका दुवै संस्करणको विजेता हो।
समूह 'बी'मा भारत, श्रीलंका र बंगलादेश रहेका छन्। समुहका शीर्ष दुई टिम सेमिफाईनल प्रवेश गर्नेछन्।

प्रतिक्रिया