फिफा विश्वकप-२०२६ अन्तर्गत तेस्रो स्थानको लागि हाल जारी खेलमा फ्रान्सविरुद्ध इंग्ल्यान्ड हावी भएको छ।
अमेरिकाको मियामी स्टेडियममा भएको खेलको पहिलो हाफमै फ्रान्सको पोस्टमा इंग्ल्यान्डले शून्यका विरुद्ध चार गोल गरेको हो।
इंग्ल्यान्डका डेक्लान राइसले खेलको तेस्रो मिनेटमै फ्रान्सविरुद्ध पहिलो गोल गरेका थिए।
१८औँ मिनेटमा एन्जी कोन्शाले दोस्रो, ३७ औँ मिनेटमा बुकायो शाखाले तेस्रो गोल गरे।
चौथो गोल पनि बुकायो शाखाले नै पहिलो हाफको इन्जुरी समयमा गरेका हुन्।
आजको खेलमा किलियन एम्बाप्पेको कप्तानीमा रहेको फ्रान्स इंग्ल्यान्डको अगाडि निरीह देखिएको छ।
135
Shares

प्रतिक्रिया