ad ad

खेल


रोहितको उत्कृष्ट प्रदर्शनसँगै यूएईलाई नेपालको बलियो लक्ष्य

रोहितको उत्कृष्ट प्रदर्शनसँगै यूएईलाई नेपालको बलियो लक्ष्य

नेपालखबर
भदौ २४, २०७६ मंगलबार ७:३४,

श्रीलंकामा जारी प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनायो।

ओपनरद्वय रित गौतम र पवन सर्राफलाई शुन्य रनमै गुमाएपछि धरमराएको नेपाली पारीलाई कप्तान रोहित पौडेलले आसिफ सेख र सन्दीप जोरासँग उत्कृष्ट साझेदारी गर्दै नेपाली इनिङ्स उकासेका थिए।

रोहितले आसिफसँग ७१ र सन्दीपसँग ८५ रनको साझेदारी गरे। ८३ बलमा उनले ८ चौका र १ छक्कासहित ६७ रनको अर्धशतकीय पारी खेले। यस्तै आसिफले ५४ बलमा ४५ रन जोडे। उनले ८ चौका प्रहार गरे। सन्दीपले ५३ बलमा ६ चौकासहित ४८ रन जोडे।

४०.६ ओभरमा नेपालले ७ विकेट गुमाएपछि आठौं विकेटका लागि पुछारका ब्याट्सम्यानद्वय रासिद खान र कमलसिंह ऐरीले ७० रनको उत्कृष्ट साझेदारी गर्दै नेपाललाई सो स्कोरमा पुर्याएका हुन्।

अन्तिम ओभरको पहिलो बलमा आउट हुनुअघि कमलले २६ बलमा आक्रामक पारी खेल्दै ५ चौका र २ छक्कासहित ४१ रन जोडे। यस्तै रासिद खानले ४४ रन जोडे। उनले ४६ बलमा ५ चौका र १ छक्का प्रहार गरे। त्यसबाहेक नेपालका कुशल मल्ले २२ रन जोडे। २१ बल खेलेका कुशलले २ छक्का र एक चौका प्रहार गरे।

यूएईका मोहम्मद आक्सा ताहिर सान्चित शर्माले ३–३ विकेट लिए। यस्तै कृतिक पालानिप्पनले २ विकेट लिए।

यसअघि नै लगातार दुई खेलमा पराजित भएर प्रतियोगिताबाट बाहिरिसकेको नेपालका लागि जारी यूएईविरुद्धको खेल प्रतिष्ठाको लडाईमात्रै हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .