ad ad

खेल


खेलकुदमन्त्री श्रेष्ठले लिए पेरिस ओलम्पिक्स तयारीबारे जानकारी

खेलकुदमन्त्री श्रेष्ठले लिए पेरिस ओलम्पिक्स तयारीबारे जानकारी

नेपालखबर
असार १२, २०८१ बुधबार २०:८, काठमाडौँ

पेरिस ओलम्पिक्स २०२४ मा नेपालको सहभागिता र तयारीको विषयमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खलकुद परिषद र नेपाल ओलम्पिक कमिटिसँग जानकारी लिएका छन्।

पेरिस ओलम्पिक्समा नेपालकोतर्फबाट सहभागी हुने सात खेलाडी निश्चित भएसँगै सहभागिता र जिम्मेवारीका विषयमा राखेप सदस्य सचिव टंकलाल घिसिङ तथा ओलम्पिक कमिटिका उपाध्यक्ष ज्योति राणा र महासचिव निलेन्द राज श्रेष्ठसँग छलफल भएको हो।

मन्त्री श्रेष्ठले ओलम्पिक्समा सहभागिताका लागि खेलाडी बाहेक पदाधिकारीहरूको हकमा आवश्यकता र जरुरतको आधारमा मापदण्डभित्र रहेर टोली पठाउन निर्देशन दिए। एक साताभित्र नेपालबाट सहभागी हुने नेपाली टोलीको सङ्ख्या जिम्मेवारी सहित राष्ट्रिय खेलकुद परिषद मार्फत मन्त्रालययमा पेश गर्न नेपाल ओलम्पिक कमिटीलाई निर्देशन दिएका छन्।

साथै विगतमा भएका कमी कमजोरी र बेथितिलाई नदोहोर्याउन र राष्ट्रको गरिमामा आँच नआउने गरी सहभागी हुन राखेप र ओलम्पिक कमिटिलाई निर्देशन दिए।

राखेप सदस्य सचिव टंकलाल घिसिङले सात मध्ये तीन खेलाडी टेबल टेनिसका स्यान्टु श्रेष्ठले अष्ट्रेलियामा, पौडीका डुवाना लामाले थाइल्याण्डमा र एलेक्जेन्डर शाहले अमेरिकामा व्यक्तिगत रूपमा तथा ब्याडमिन्टनका प्रीन्स दाहाललाई राष्ट्रिय खेलकुद परिषदले वैदेशिक प्रशिक्षणका लागि श्रीलंका पठाएको जानकारी गराए।

ओलम्पिक कमिटीले सम्बन्धित संघले पठाएको प्रशिक्षकको एक्रिडिटेसनको लागि प्रक्रिया अगाडि बढाएको तर ब्याडमिन्टन संघले कसैको पनि नाम नदिएको स्पष्ट पारेको छ। जसको कारण प्रिन्स दाहाल प्रशिक्षक बिना ओलम्पिक्स जाने सम्भावना उच्च छ।

एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुष्मिता नेपाल र हिजो मात्र वाइल्ड कार्ड पाएकी जुडोकी मनिता श्रेष्ठ प्रधानलाई यही असारदेखि दैनिक २ हजारका दरले प्रशिक्षण खर्च दिइने जानकारी गराए। सदस्य सचिव घिसिङले तयारी र राष्ट्रिय संघको माग अनुसार क्वालिफाइङ प्रतियोगिता खेल्न ५० लाख बजेट खर्च भएको बताए।

साथै अब समर ओलम्पिक्स र पारा ओलम्पिक्सको लागि ९० लाख बजेट विनियोजन भएको पनि बताए। सदस्य सचिव घिसिङले पेरिस ओलम्पिक्समा सहभागिताका लागि खरिद प्रक्रिया अगाडि बढाइसकेको पनि जानकारी दिए।

पेरिस ओलम्पिक्समा यो पटक टेबल टेनिसका स्यान्टु श्रेठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुष्मिता नेपाल, पौडीका डुवाना लामा, एलेक्जेन्डर शाह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले सहभागिता जनाउने छन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .