ad ad

कारोबार


इ–कमर्स जायन्ट अलिबाबामा ‘ज्याक मा युग’को अन्त्य

इ–कमर्स जायन्ट अलिबाबामा ‘ज्याक मा युग’को अन्त्य

नेपालखबर
भदौ २४, २०७६ मंगलबार ७:४७,

अनलाइन व्यवसायको चर्चित कम्पनी अलिबाबाका प्रमुख ज्याक माले आज राजीनामा दिएका छन्। माले पद छाडेसँगै उक्त कम्पनीको एउटा युग नै सकिएको बीबीसीले जनाएको छ।

एक पूर्व अंग्रेजी शिक्षक रहेका ज्याकले सन् १९९९ मा सहसंस्थापकको रुपमा अलिबाबा कम्पनी स्थापना गरेका थिए। अलिबाबा त्यसयता निरन्तर प्रगति गर्दै विश्वकै ठूलो एउटा इन्टरनेट फर्म बन्न सफल भएको थियो। ज्याकले व्यवसायमा पाएको सफलताले उनलाई चीनकै सफल व्यवसायी बनाएको थियो। अहिले अलिबाबा ४ खर्ब ८० अर्ब डलर मूल्यवान् कम्पनी बनेको छ भने उनी चीनकै धनी व्यक्ति समेत बन्न सफल भएका छन्।

ज्याकको पद अलिबाबाका प्रमुख कार्यकारी ड्यानियल झांगले कार्यकारी प्रमुखका रुपमा लिनेछन्। उनी चीनको इन्टरनेट उद्यमीहरुमध्ये कम्पनीबाट राजीनामा दिने संस्थापक समेत बनेका छन्।

को हुन् ज्याक मा?

jack ma ali 1अलिबाबाका ज्याक मा। तस्बिर: गेट्टी इमेज/बीबीसी
चीनको पूर्व सहर हांग्झाउमा गरिब परिवारमा ज्याकको जन्म भएको थियो। सुरुवाती करिअरमा उनले शिक्षण पेसा अंगालेका थिए। उनले आफ्नो पहिलो कम्प्युटर किन्दा ३३ वर्षका थिए। उनले पहिलो अनलाइनमा सर्च गर्दा कुनै पनि चिनियाँ बियर नभेटेपछि अचम्म भएका थिए। उनीसँग कुनै कप्युटिङ पृष्ठभूमि थिए। त्यसपछि उनले आफू बस्ने अपार्टमेन्टमै साथीहरुसँग मिलेर अलिबाबाको स्थापना गरे। उनले अनलाइन मार्केटप्लेसमा लगानी गर्न आफ्ना साथीहरुको समूहलाई मनाएका थिए।

त्यसलगत्तै उनको कम्पनीको अन्तर्राष्ट्रिय बजारमा चर्चित हुनपुग्यो। अमेरिकी सहर न्युयोर्कमा अलिबाबा सूचीकृत भयो। अलिबाबाले त्यहाँ विश्वकै ठूलो पब्लिक स्टक अफरिङ गरेको थियो। जुन आफैँमा कीर्तिमान बनेको थियो। ज्याकसँग ३८ अर्ब ६० करोड डलरको सम्पत्ति छ भने उनी चर्चित फोर्ब्स म्यागजिनको अर्बपति सूचीमा समेत अटाएका छन्।

alibaba ww

अब ज्याकले के गर्लान्?
प्रविधि उद्यमी ज्याक अबको समय समाजसेवा र शिक्षा क्षेत्रमा समर्पित गर्न चाहन्छन्। गत वर्ष न्युयोर्क टाइम्ससँग कुरा गर्दै उनले आफ्नो कम्पनीमा अवकाशलाई नयाँ युगको सुरुवात हुने बताएका थिए। उनले आफूलाई शिक्षा औधी मन पर्ने बताएका थिए।

पद छोडे पनि उनी अलिबाबाको बोर्ड निर्देशकमा रहिरहने र कम्पनीको व्यवस्थापनको नजिक नै रहने बताएका थिए। बीबीसीबाट अनुवाद

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .