पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ।
मंगलबार बिहान सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता लगत्तै चिनियाँ विदेशमन्त्री वाङ र देउवाबीच भेटवार्ता भएको हो।
सभापति देउवाका सहयोगी भानु देउवाका अनुसार बिहान ९ बजे भएको भेटमा नेपाल–चीन सम्बन्धका विषयमा कुराकानी भएको थियो। ‘सभापति देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भयो’, सहयोगी भानु देउवाले भने, ‘‘द्विपक्षीय हितका विषयमा छलफल भयो।’
परारष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा आइतबार साँझ नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ आजै mस्वदेश फर्कँदैछन्।
प्रतिक्रिया