प्रतियोगिता यसअघि असोज पहिलो साता हुने तय भएको थियो। तर, आयोजकले सोमबार विज्ञप्ति जारी गर्दै असोज २९ देखि कार्तिक ७ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो। प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगितामा सहभागिता जनाउँने ५ सहरका ५ टिमको यसअघि नै टुंग्गो लागिसकेको छ। आयोजकले सहभागी ५ टोलीको नाम र मार्की खेलाडीको नाम समेत सार्वजनिक गरिसकेको छ।
प्रतियोगितामा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्यापिटल रोयल्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइटन्सले प्रतिस्पर्धा गर्ने छन्।
प्रतिक्रिया