सेन्ट म्यारीमा शनिबार साँझ भएको खेलमा ड्यानियल जेम्सले १०औं मिनेटमा यूनाइटेडलाई सुरुवाति अग्रता दिलाएका थिए। यो २१ वर्षिया जेम्सको चौथो प्रिमियर लिगको खेलमा तेस्रो गोल हो।
भेस्टरगार्डले ५८औं मिनेटमा कर्नरबाट आएको क्रसमा निकै उचाईमा उठ्दै गरेको हेडिङ गोलसँगै साउथहप्टनले बराबरी गरेको थियो।
७३औं मिनेटमा केभिन डान्सोले रातो कार्ड पाएपछि साउथहप्टन १० खेलाडीमा सीमित भएको थियो। तर बाँकी समय उसले यूनाइटेडलाई रोक्न सफल रह्यो।
यस सिजनमा यूनाइटेडको यो दोस्रो बराबरी हो। यसअघि दोस्रो खेलमा यूनाइटेड वुल्भ्ससँग १-१ को बराबरीमा रोकिएको थियो।
त्यसबाहेक पहिलो खेलमा चेल्सीलाई ४-० ले पराजित गरेको यूनाइटेड तेस्रो खेलमा क्रिस्टर प्यालेस २-१ ले पराजित भएको थियो।
प्रतिक्रिया