ललितपुरको जावलाखेलमा अवस्थित डीएभी कलजले अन्तरकलेज फुटसल प्रतियोगिता आयोजना गरेको छ।
कलेजका एकेडेमिक डाइरेक्टर सुमन बस्नेतका अनुसार गत वर्षको पुरस्कार राशिमा वृद्धि गरी विजेता टिमलाई रू १ लाख ५० हजार नगद तथा ट्रफी र प्रमाणपत्रका साथै उत्कृष्ट खेलाडी, गोलरक्षक र उच्च गोलकर्तालाई पनि व्यक्तिगत ट्रफी र नगद पुरस्कारले पुरस्कृत गरिनेछ।
यही भाद्र १२ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा पहिला दर्ता हुन आउने ३२ टिमलाई मात्र सहभागी गराइने कलेजले जनाएको छ।
6
Shares
प्रतिक्रिया