ad ad

समाज


प्रधानमन्त्रीको प्लाज्माफेरेसिस सुरु, स्वास्थ्य अवस्था सामान्य

प्रधानमन्त्रीको प्लाज्माफेरेसिस सुरु, स्वास्थ्य अवस्था  सामान्य

नेपालखबर
भदौ ८, २०७६ आइतबार ८:२२,

उपचारको सिलसिलामा सि‌ंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको जनाइएको छ।

सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीको गत शुक्रबार प्लाज्माफेरेसिस प्रक्रिया सुरु गरिएको प्रधानमन्त्रीका निजी चिकित्सक प्राध्यापक डा. दिव्यासिंह शाहलाई उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए।

रगतमा रहेका एन्टीवडीजस्ता हानिकारक तत्व हटाइने यो प्रक्रिया आजदेखि केही दिन निरन्तर रहने बताइएको छ। उनको उपचार उक्त अस्पतालका विज्ञ चिकित्सकका साथै नेपाली चिकित्सकबाट समेत हुने बताइएको छ। प्रधानमन्त्री ओली मिर्गौलासम्बन्धी उपचारको सिलसिलामा यही भदौ ५ गते सिंगापुर प्रस्थान गरेका थिए। यसअघि उनी गत साउन १८ गते सिंगापुरको सोही अस्पतालमा उपचार गराइ सुधार भएपछि साउन २७ गते स्वदेश फर्किएका थिए।

केही दिनअघि रगतमा एन्टीवडीको मात्रा देखिएपछि उनीको मिर्गौलाको क्षमता अभिबृद्धिका लागि पुनः सिंगापुर गएका हुन्। प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. शाह, स्वकीय सचिव राजेश बज्राचार्यलगायत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .