ad ad

खेल


सागका स्वर्ण विजेता गोपी किन परेनन् टोकियो ओलम्पिकमा?

सागका स्वर्ण विजेता गोपी किन परेनन् टोकियो ओलम्पिकमा?

नेपालखबर
असार १७, २०७८ बिहिबार १६:१३,

टोकियो ओलम्पिकमा गोपीचन्द्र पार्कीले सहभागिता जनाउन नसक्ने विषयमा नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथ्लेटिक्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै प्रस्टीकरण दिएका छन्।

विज्ञप्तिमा ओलम्पिकमा नेपालको तर्फबाट एथलेटिक्समा सहभागिताका लागि युनिभर्सलिटी प्लेस अन्तर्गत म्याराथन विधामा गोपीचन्द्र पार्कीको साहभागिताका लागि आफूहरुले नाम पठाउनुका साथै आवश्यक प्रशिक्षणको व्यवस्था मिलाएको बताइएको छ।

ओपम्पिकमा सहभागिता सुनिश्चित गर्नका लागि सम्बन्धित खेलको अन्तर्राष्टिय महासंघको प्राविधिक कमिटीबाट निर्णय हुने भएकाले म्याराथनमा कोटाभन्दा धेरै आवेदन परेकाले नेपाललाई म्याराथनमा नभई एथलेटिक्सको महिला विधाको १ सय मिटर दौडमा कोटा छुट्याएको जानकारी आएको विज्ञप्तिमा उल्लेख छ।

नेपालको लागि दिइएको कोटा अनुसार १ सय मिटर दौडमा संघको सिफारिस अनुसार अब सरस्वती चौधरीले ओलम्पिकमा सहभागिता जनाउने छिन्।
ओलम्पिक कमिटी र एथलेटिक्स संघले पार्कीको सहभागिताका लागि अथक प्रयास गरे पनि सम्भव नभएको जनाएको छ।

गतवर्ष कोरोना महामारीको कारण अन्य कुनै प्रतियोगिता आयोजना गर्न सक्ने अवस्था नभएको भन्दै नेपाल ओलम्पिक कमिटीले नेपालगञ्जमा भएको धारा नेपालगञ्ज म्याराथनलाई ओलम्पिक छनोटका लागि स्वीकृति दिएको थियो।

सो समयमा ओलम्पिकले एथलेटिक्स खेलाडीले भाग लिने नेपालगञ्ज म्याराथन ओलम्पिकमा सहभागिता जनाउने अन्तिम छनोट प्रतियोगिता रहेको जनाएको थियो।

नेपालगञ्ज म्याराथनमा १३ औँ दक्षिण एशियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता गोपीले २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा दूरी पार गर्दै प्रथम भएर ओलम्पिकका लागि छनोट भएका थिए। त्यसयता गोपी नियमित ओलम्पिकको तयारीमा थिए।

gopii.png

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .