ad ad

समाज


त्रिवि शिक्षण अस्पताललाई बेलायतबाट ३० लाखको स्वास्थ्य सामग्री सहयोग

त्रिवि शिक्षण अस्पताललाई बेलायतबाट ३० लाखको स्वास्थ्य सामग्री सहयोग

नेपालखबर
असार १७, २०७८ बिहिबार १५:४१,

त्रिवि शिक्षण अस्पताललाई बेलायतको एक संस्थाले करिब ३० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ।

कोरोना संक्रमणको उपचार तथा रोकथामका लागि ‘अ रोटरी क्लब अफ विरमिङघम बेलायत’ ले सो सहयोग गरेको हो।

संस्थाका संस्थापक तथा अन्तराष्ट्रिय निर्देशक डा. पिटर पटेलले पठाएका ती सामग्री ‘चिल्ड्रन भिजन नेपाल’ का अध्यक्ष रमेश सिलवालले अस्पतालका आकस्मिक सेवा प्रमुख डा. रमेश कुमार श्रेष्ठलाई हस्तान्तरण गरे।

सिलवाल बालबालिकाको हितमा विगत एक दशकदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका व्यक्ति हुन् उनलाई गत वर्ष सरकारले समाज सेवा रत्न पदकबाट समेत विभूषित गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .