फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको समूह ‘के’ को खेलमा डीआर कंगोले उज्बेकिस्तानविरुद्ध सानदार जित हात पारेको छ।
उज्बेकिस्तानलाई १ का विरुद्ध ३ गोल गर्दै कंगो जारी प्रतियोगिताको अन्तिम ३२ मा प्रवेश गरेको छ। यो नतिजापछि कंगो चार अंकसहित समूहको तेस्रो स्थानमा छ।
उज्वेकिस्तान भने सबै खेल हारेर शून्य अंकमा घर फर्किएको छ।
यो पुनरागमन जित हो।
खेलको १० औँ मिनेटमा इडोर सोमुरोडोभको गोलमा उज्वेकिस्तानले अग्रता बनाएको थियो।
कंगोका लागि योने विसकाले ६८ र इन्ज्युरी समयको पहिलो मिनेटमा पेनाल्टीमार्फत गोल गरे।
त्यसअघि फिस्टन मायेले खेलको ७८ औँ मिनेटमा गोल गरेका थिए।
99
Shares

प्रतिक्रिया