खेल


युरोकपअन्तर्गत आज दुई खेल, अन्तिम ८ मा कुन–कुन टोली पुग्लान्?

युरोकपअन्तर्गत आज दुई खेल, अन्तिम ८ मा कुन–कुन टोली पुग्लान्?

नेपालखबर
असार १३, २०७८ आइतबार ९:५६,

युरोपियन च्याम्पियनसिपअन्तर्गत ‘राउण्ड अफ १६’को खेलमा आइतबार दुई खेल हुँदै छन्।

आजको पहिलो खेलमा नेदरल्यान्डले चेक रिपब्लिकसँग खेल्दै छ। आजै हुने दोस्रो खेलमा बेल्जियम र पोर्चुगल भिड्दै छन्।

आजको खेलमा यी टोलीहरु जित निकाल्दै अन्तिम ८ मा स्थान बनाउन चाहन्छन्।

netherlandvsczec

नेदरल्यान्डविरुद्ध चेक रिपब्लिक
युरोकपअन्तर्गत राउण्ड अफ १६ को तेस्रो खेलमा आज नेदरल्यान्ड र चेक रिपब्लिक खेल्नेछन्।

समूह चरणको खेलमा अपराजित रहेर समूह ‘सी’को विजेता बन्दै नकआउट चरणमा आएको नेदरल्यान्ड सोही लयलाई निरन्तरता दिने योजनामा छ।

खेल पुरस्कार एरिना बुढापेष्टमा राति पौने १० बजे हुनेछ।

आजको खेलको विजेताले आगामी शनिबार डेनमार्कको सामना गर्नेछ। राउन्ड अफ १६ को पहिलो खेलमा डेनमार्कले वेल्सलाई ४–० ले हराउँदै अन्तिम ८ मा स्थान बनाएको थियो।

नेदरल्यान्ड चेक रिपब्लिकलाई हराउँदै डेनमार्कसँगको भेट पक्का गर्न चाहन्छ।

उता चेक रिपब्लिक पनि नेदरल्यान्डलाई हराउँदै क्वार्टरफाइनलमा पुग्न चाहन्छ।

चेक रिपब्लिक भने समूह ‘डी’को तेस्रो स्थानमा रहेर पनि उत्कृष्ट टोली बन्दै अन्तिम १६ को यात्रा तय गरेको थियो।

हेड टु हेडलाई हेर्ने हो भने नेदरल्यान्डभन्दा चेक रिपब्लिक बलियो देखिएको छ।

यी दुई टोलीबीच हालसम्म ११ पटक भेट भएको छ। यी पाँच भेटमा नेदरल्यान्डले ३ खेल मात्र जितेको छ भने ३ खेल बराबरीमा सकिएको छ। ५ खेल भने चेक रिपब्लिकले जितेको छ।

नेदरल्यान्ड र चेक रिपब्लिकबीच युरोकपमा मात्रै ८ पटक भेट भएको छ। यी ८ भेटमा ५ खेलमा नेदरल्यान्डले पराजय भोगेको छ। एक खेल मात्रै नेदरल्यान्डले जितेको छ भने दुई खेलमा बराबरी भएको छ।

युरोकपमा भएको पछिल्लो दुई खेल नै चेक रिपब्लिकले जितेको छ। यी टोली ५ वर्षपछि पहिलोपटक भिड्न लागेका हुन्। 

belgiumvspor2021a

बेल्जियमविरूद्ध पोर्चुगल
युरोकपको राउन्ड अफ १६ को दोस्रो दिनको दोस्रो खेलमा आज बेल्जियम र पोर्चुगल भिड्दै छन्। खेल ला कार्टुजा स्टेडियम सेभियामा मध्यराति पौने १ बजे हुनेछ।

आजको खेलको विजेताले क्वार्टरफाइनलमा आगामी शुक्रबार इटालीसँग खेल्नेछ। इटालीले भने राउण्ड अफ १६ को दोस्रो खेलमा अष्ट्रियालाई २–१ गोल अन्तरले हराउँदै अन्तिम ८ मा स्थान बनाएको थियो।

बेल्जियम समूह ‘बी’को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो।

युरोकपमा अपराजित रहेको बेल्जियम सोही लयलाई निरन्तरता दिन चाहन्छ।

समूह ‘एफ’को तेस्रो स्थानमा रहेर पनि अन्तिम १६ मा पुगेको पोर्चुगल समूह चरणको प्रदर्शनलाई बिर्सिँदै सुखद सुरुवात गर्न चाहन्छ।

बेल्जियमको टोलीमा रोमेलु लुकाकु, केभिन डि ब्रुयनजस्ता फरवार्ड छन्। रोमेलु लुकाकुले युरोकपमा ३ गोल गरेका छन्।

यता लगातार कीर्तिमानी प्रदर्शन गर्दै आएका फरवार्ड क्रिश्चियानो रोनाल्डो पोर्चुगलको मुख्य हतियार हुन्।

रोनाल्डोले युरोकपमा हालसम्म ५ गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन्। उनले एक असिष्ट प्रदान गरेका छन्।

पोर्चुगल र बेल्जियमबीच हालसम्म १८ खेलमा भेट भएको छ।

यी भेटमा पोर्चुगलले ६ खेलमा जित निकालेको छ। ५ खेल भने बेल्जियमले आफ्नो पक्षमा पारेको छ। ७ खेल बराबरीमा टुंगिएको छ।

युरोकपमा मात्रै यी दुई टोलीबीच ६ पटक भेट भएको छ। यी ६ भेटमा पोर्चुगलले २ खेलमा जित निकालेको छ भने २ खेल गुमाएको छ।

दुई खेलमा भने बराबरीको नतिजा आएको छ।

दुई टोलीबीच पछिल्लो पटक सन् २०१८ मा भएको मैत्रीपूर्ण खेलमा भेट भएको थियो। त्यो खेल गोलरहित बराबरीमा सकिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad