खेल


कोक बहिष्कार गर्ने रोनाल्डोमाथि मैदानमा कोककै झटारो!

कोक बहिष्कार गर्ने रोनाल्डोमाथि मैदानमा कोककै झटारो!

नेपालखबर
असार १०, २०७८ बिहिबार ६:०,

कोक बहिष्कार गर्ने उनीमाथि कोककै बोतल प्रहार भएको हो।

फ्रान्सविरुद्ध दोस्रो गोल गरेसँगै फ्रान्सका समर्थकले रोनाल्डोमाथि कोकको बोतल, बियरसहितको ग्लास प्रहार गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

बिहीबार राति भएको खेलमा रोनाल्डोले पोर्चुगलको लागि दुई गोल गरेका थिए। दोस्रो हाफमा २–१ ले पछि परेको अवस्थामा रोनाल्डोले खेलको ६० औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका थिए।

खेल बराबरीमा सम्पन्न भएको थियो। रोनाल्डोले हालै युरोकपकै पत्रकार सम्मेलनमा आफ्नो टेबल अगाडिको कोकको बोतल हटाएर पानी पिउन भनेका थिए।

सो घटनापछि कोकाकोला कम्पनीको सेयरमा गिरावट आउँदा ४ अर्ब अमेरिकी डलर घाटा भएको थियो। यतिबेला याे घटनासँगै विश्वभर कोक बहिष्कार गर्ने रोनाल्डोलाई कोककै झटारो भनेर चर्चा भइरहेकाे छ।

Cristiano Ronaldo Removes Coke Bottles, Brand's Value Falls $4 Billion

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .