सन्तोषी सुब्बा हत्या प्रकरणमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाका अनुसार हत्या अभियोगमा सिन्धुपाल्चोक स्थायी ठेगाना भएका सुरेश तिमल्सिनालाई पक्राउ गरिएको हो।
एक प्रहरी अधिकारीका अनुसार २१ वर्षीय उनी काठमाडौंको दक्षिणकालीस्थित वर्कसपमा काम गर्छन्।
आज पत्रकार सम्मेलन गरेर घटना विवरण सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ।
विभिन्न चराको आवाज निकालेर युट्युबमा भाइरस सुब्बा गत मंगलबार बिहान दक्षिणकालीमा मृत फेला परेकी थिइन्।
उनको घाँटीमा माला चुँडिएका तथा लुगा च्यातिएका थिए भने निधारदेखि मुनिका भाग ढुंगाले कुच्याएर नचिन्ने थियो।
बलात्कार प्रयासपछि उनको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
3
Shares

प्रतिक्रिया