समाज


राजाको अपमान गर्ने कम्बोडियाका सामाजिक अभियन्ताहरु गिरफ्तार

राजाको अपमान गर्ने कम्बोडियाका सामाजिक अभियन्ताहरु गिरफ्तार

नेपालखबर
असार ९, २०७८ बुधबार ८:४,

मोदर नेचर नामक संस्थाका वातावरण अभियन्ताहरु गिरफ्तार भएको बीबीसीले जनाएको छ।

देशका राजा नोरोडोम सिहामोनीको अपमान गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

कम्बोडियाको अदालतले तीन अभियन्ताहरुलाई सरकारविरुद्ध षड्यन्त्र रचेको र राजाको अपमान गरेको विषयमा दोषी ठहर गरेको छ।

कम्बोडियामा राजाविरुद्ध अभिव्यक्ति दिन पाइँदैन, राजाको अपमान गर्न पाइँदैन। पक्राउ परेकाहरुलाई १० वर्षसम्म जेल सजाय हुने बताइएको छ।

राजदरबार अगाडिको खोलामा दरबारबाट फोहोर फ्याँक्ने गरिएको भन्दै मोदर नेचरका समूहले विरोध गरेका थिए। अदालतले राजाकाे अपमान कसरी भयाे भनेर प्रस्ट नपारेकाे भन्दै विराेध पनि भइरहेकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad