समूह बीको विजेता बन्दै बेल्जियम यूरोकप २०२० को अन्तिम १६ मा पुगेको छ।
सोमबार राति भएको समूहको अन्तिम खेलमा फिनल्याण्डलाई २-० गोलअन्तरले हराउँदै बेल्जियम समूह विजेता बनेको हो।
खेलमा दबाब बनाएपनि ७४औं मिनेटमा फिनल्याण्डका किपर लुकास हेर्डाक्कीको आत्मघाती गोलमा बेल्जियमले अग्रता पाएको थियो।
८१औं मिनेटमा रामेलु लुकाकुले दोस्रो गोल थपे। जितसँगै समूहमा बेल्जिमयले तीनवटै खेल जित्दै नकआउट चरणमा स्थान बनाएको हो।
फिनल्याण्ड भने तेस्रो स्थानमा रहेको छ। उत्कृष्ट तेस्रो टोली बन्दै अन्तिम १६ मा पुग्ने उसको सम्भावना पनि जीवितै छ।

प्रतिक्रिया