मंगलबार क्रोएसियासँगको महत्वपूर्ण खेलअघि स्कटल्यान्डका मिडफिल्डर बिली गिल्मर कोरोना भाइरसबाट संक्रमित बनेका छन्।
योसँगै उनले उक्त खेल गुमाउने भएका छन्। इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका मिडफिल्डर उनी गत शुक्रबार इंग्ल्यान्डसँगको खेलमा बेन्चमा थिए।
द स्कटिस एफएले क्लोज क्याम्पमा उनी टाढै रहेको बताएको छ। उसले २५ खेलाडी क्रोएसियासँगको खेलका लागि तयार रहेको बताएको छ।
ग्रुप डीबाट अन्तिम १६ मा जान ह्याम्पडेनमा हुने उक्त खेल स्कटल्यान्डले जित्नैपर्नेछ। दुवै देश दुई खेल सकिँदा १÷१ अंकसाथ छन्। उता सोही समूहका इंग्ल्यान्ड र चेक गणतन्त्रले ४÷४ अंक बटुलेका छन्।

प्रतिक्रिया