खेल


कीर्तिमानी धावक उसेन बोल्ट जुम्ल्याहा सन्तानका पिता बने

कीर्तिमानी धावक उसेन बोल्ट जुम्ल्याहा सन्तानका पिता बने

नेपालखबर
असार ७, २०७८ सोमबार ५:४६,

फादर्स डेको दिन इन्स्टाग्राममा बोल्टले आफू दुई जुुम्ल्याहा छोराको पिता बनेको जानकारी दिएका हुन्।

३४ वर्षका बोल्ट र उनकी प्रेमिका कासी बेनेटबाट यो सन्तान जन्मिएको हो। यी दुई छोराको नाथ थन्डर बोल्ट र सेन्ट लियो बोल्ट राखेको बोल्टले बताएका छन्।

यसअघि पनि उनीहरुबाट एक छोरी जन्मिएको थियो। एक वर्षकी छोरीका नाम ओलम्पिया लाइटेनिङ हो।

Usain Bolt: Olympic legend reveals his greatest achievement and life after  athletics - CNN

जुम्ल्याहा सन्तान कहिले जन्मिएको भनेर भने जानकारी दिइएको छैन। बोल्टले एथ्लेटिक्सबाट सन् २०१७ मा सन्यास लिएका थिए।

तर उनको १०० मिटर र २०० मिटरको रेकर्ड हालसम्म कसैले तोड्न सकेको छैन्। उनलाई इतिहासकै तिव्र गतिका धावकको रुपमा चिन्ने गरिन्छ।

ओलम्पिक प्रतियोगिताको १०० मिटर दौडमा ३ पटक स्वर्णपदक जित्ने उनी विश्वकै एक्ला धावक हुन्। उनले आफ्नो खेल जीवनमा मुख्य प्रतियोगिताबाट २३ स्वर्ण हात पारेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad