तर उनले यस विषयका केही जानकारी दिएका छैनन्। उनी ला लिगा नै खेल्ने सेभिया जाने पनि समाचारहरु आएका छन्।
रियल मड्रिडमै बस्ने मन हुँदा पनि क्लबसँग सहमति हुन नसक्दा उनलाई क्लबले यही सिजनबाट क्लबमुक्त गरिदिएको हो।
उनले रियल मड्रिड छाडेपछिको पत्रकार सम्मेलनमा भनेका थिए,‘मड्रिडले मलाई क्लबमै राख्ने बताएको थियो तर कोरोनाका कारण त्यो सम्भव हुन सकेन। सुरुमा क्लबले एक वर्षको सम्झौतासँगै तलब कटौती गर्ने बताएको थियो। म दुई वर्षको सम्झौता चाहन्थे। तरपछि गएर मैले एकवर्षे सम्झौतामै सहमति जनाएको थिए। यद्यपी क्लबले मलाई एकवर्ष पनि राख्न नसक्ने बतायो।’
सो क्रममा हालै उनलाई रियल मड्रिडको चिर प्रतिद्वन्द्वी मानिएको क्लब बार्सिलोना साथै सेभिया जाने सम्भावना बारे प्रश्न गरिएको थियो।
उनले उत्तरमा भनेका छन्,‘म सेभियामा आवद्ध हुनेछैन, यो मेरो विकल्पमै पर्दैन। बार्सिलोना त झनै सम्भावना छैन। तपाइँले मलाई कहिल्यै बार्सामा देख्नु हुनेछैन।’ स्पोर्टबाइबल
प्रतिक्रिया