खेल


मन्त्री मनाङेलाई कारबाही गर्न राखेपको माग

मन्त्री मनाङेलाई कारबाही गर्न राखेपको माग

नेपालखबर
जेठ ३१, २०७८ सोमबार १४:५०,

आफ्ना सदस्य सचिव रमेश सिलवाल र सदस्य राजेश गुरुङविरुद्ध अशिष्ट अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री राजीव गुरुङ (दीपक मनाङे) विरुद्ध कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

राखेपले सोमबार विज्ञप्ति जारी गरी मन्त्री मनाङेले एक टेलिभजनमा अन्तर्वार्ता दिने क्रममा नेपाली खेल जगतकै मानहानि हुने गरी बोलेको भन्दै भर्त्सना गरेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘माननीय मन्त्रीज्यूबाट सार्वजनिक भएका अप्रजातान्त्रिक, असभ्य एवं गैरजिम्मेवार अभिव्यक्तिको राष्ट्रिय खेलकुद परिषद् घोर भत्सर्ना एवं निन्दा गर्दै उक्त भनाइले सम्पूर्ण नेपाली खेलकुद क्षेत्रको मानहानि भएको ठहर गर्दै दोषीउपर प्रचलित नेपाल कानुनबमोजिम कानुनी कारबाहीको समेत माग गर्दछौं।’

प्रेस विज्ञप्ति
गण्डकी अन्लाइन न्युज टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा गण्डकी प्रदेश सांसद एवं नवनियुक्त भौतिक पूर्वाधारमन्त्री राजीव गुरुङज्यूबाट अभिव्यक्त भएको अराजक एवं अशिष्ट भनाइबाट राष्ट्रिय खेलकुद परिषद् स्तब्ध भएको छ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालज्यू तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङज्यूको नाम लिएर अत्यन्त अमर्यादित अशोभनिय लाञ्छनायुक्त एवं घोर निन्दनीय अभिव्यक्ति सार्वजनिक भएको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हामीले परिकल्पना गरेको प्रजातान्त्रिक एवं सभ्य समाजले पचाउन नसक्ने खाल्को अभिव्यक्ति एउटा जनप्रतिनिधि एवं माननीय मन्त्रीज्यूबाट बाहिर आउनु आफैंमा खेदजनक रहेको छ।

खेलकुद विकास र विस्तारमा अनवरत लागिरहनुभएका परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालज्यू तथा सदस्य राजेश गुरुङज्यूउपर यस्ता अभिव्यक्ति आउनु सम्पूर्ण खेल जगतको अपमान भएको महसुस भएको छ।

अतः माननीय मन्त्रीज्यूबाट सार्वजनिक भएका अप्रजातान्त्रिक, असभ्य एवं गैरजिम्मेवार अभिव्यक्तिको राष्ट्रिय खेलकुद परिषद् घोर भत्सर्ना एवं निन्दा गर्दै उक्त भनाइले सम्पूर्ण नेपाली खेलकुद क्षेत्रको मानहानि भएको ठहर गर्दै दोषीउपर प्रचलित नेपाल कानुनबमोजिम कानुीनी कारबाहीको समेत माग गर्दछौं।
पुरेन्द्रविक्रम लाखे
निमित्त सदस्य–सचिव राष्ट्रिय खेलकुद परिषद्
त्रिपुरेश्वर, काठमाडौं।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad