यसपटक ब्राजिलमा कोपा अमेरिका हुने तय भएको छ। तर यतिबेला ब्राजिलकै राष्ट्रिय टोलीका खेलाडीहरु प्रतियोगिताको विपक्षमा उभिएका छन्।
ब्राजिलमा कोरोना भाइरसको प्रभाव समाप्त भइसकेको छैन। त्यहाँको सरकार कोरोना नियन्त्रण गर्नमा सफल हुन नसकेको आवाज उठिरहेका छन्।
कोरोना महामारीबीच आयोजना हुने कोपा अमेरिका प्रतियोगिताले धेरैको ज्यान लिनसक्ने भन्दै ब्राजिलका कप्तान क्यासेमिरोले यसपटकको प्रतियोगिता गर्न नहुने बताएका छन्। क्यासेमिरोको भनाइमा अर्का स्टार खेलाडी नेमारले सहमति जनाएका छन्।
यी खेलाडीहरुले अन्य कोपा अमेरिका खेल्ने देशका कप्तानहरुलाई पनि खेल बहिष्कार गर्न आग्रह गरेका छन्। कोलम्बियाको व्यवसायिक फुटबल संघले समेत कोपा अमेरिका कोरोनाको केन्द्र बन्ने आशंका गरेको छ।
यसबीचमा कोलम्बियन खेलाडी हुवा क्वाड्राडोले कोपा अमेरिका तत्काल गर्न नहुने धारणा राखेका छन्।
यसैबीच उरुग्वेका तीन स्टार खेलाडी लुइस स्वारेज, इडिसन काभानी र फर्नान्डो मुसलेराले पनि कोपा अमेरिका तत्काल हुन नहुने धारणा राखेका छन्।
स्वारेजले भनेका छन्,‘स्वास्थ्यलाई सबैले प्राथमिकता दिनुपर्छ। म कोपा अमेरिकाको विरोधमा छु।’
अर्जेन्टिनाका लियोनल मेस्सी भने कोपा अमेरिका खेल्ने नखेल्ने विषयमा मौन छन्। यद्यपी उनले ब्राजिलकै खेलाडीको भनाइमा समर्थन जनाएको मुन्डो डिपोर्टिभोले दाबी गरेको छ। मार्का
प्रतिक्रिया