खेल


चेल्सीले दोस्रोपटक जित्यो च्याम्पियन्स लिगको उपाधि

चेल्सीले दोस्रोपटक जित्यो च्याम्पियन्स लिगको उपाधि

नेपालखबर
जेठ १६, २०७८ आइतबार ५:२०,

म्यानचेस्टर सिटीलाई पराजित गर्दै लन्डन क्लब चेल्सीले दोस्रोपटक च्याम्पियन्स लिगको उपाधि जितेको छ।

शनिबार राति भएको खेलमा चेल्सीले सिटीलाई १–० गोलअन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि हात पारेको हो।

चेल्सीले यसअघि सन् २०१२ मा च्याम्पियन्स लिगको ट्रफी जितेको थियो। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बाट आएका प्रशिक्षक टोमस टुसेलले पहिलो सिजनमा नै क्लबलाई च्याम्पियन बनाए।

चेल्सीको जितमा जर्मन मिडफिल्डर काइ हाभट्र्जले गरेको गोल नै निर्णायक बन्यो। पहिलो हाफका् ४२औँ मिनेटमा हाभट्र्जले गोलरक्षक एडरसन मोराएसलाई छलाउँदै गोल गरेका थिए।

उता पहिलो पटक फाइनल पुगेको सिटी भने उपविजेता मै सीमित बन्यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad