टोकियो ओलम्पिकका लागि सुटिङकी खेलाडी कल्पना परियारले वाइल्ड कार्ड प्राप्त गरेकी छिन्। योसँगै ओलम्पिकमा सहभागी हुने चार खेलाडीको टुङ्गो लागेको छ।
कल्पनाले शुक्रबार वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। ओलम्पिकमा कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छिन्।
टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड पाउने कल्पना पहिलो खेलाडी हुन्।
यसअघि पौडीका गौरिका सिंह र एलेक्स शाह तथा म्याराथनका गोपीचन्द्र पार्की सभागी हुने निश्चित भैसकेको थियो।
टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ।

प्रतिक्रिया