खेल


एसिया कप क्रिकेट २०२३ सम्म स्थगित

एसिया कप क्रिकेट २०२३ सम्म स्थगित

नेपालखबर
जेठ १०, २०७८ सोमबार ७:४२,

कोरोना भाइरसको महामारीका कारण एसिया कप क्रिकेट सन् २०२३ सम्मका लागि स्थगित गरिएको छ।

कोरोना भाइरसको महामारीका र अन्तर्राष्ट्रिय क्रिकेटको व्यस्त तालिकाका कारण आगामी २ वर्षका लागि एसिया कप क्रिकेट स्थगित गरेको एसियन क्रिकेट काउन्सिलले जनाएको छ।

काउन्सिलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एसीसीको बैठकले कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा हुने एसिया कप २०२१ सम्मका लागि स्थगित गरिएको थियो।

यो बीचमा विभिन्न देशहरुसँग छलफल गरे पनि उपयुक्त समय नमिलेका २०२३ सम्मका लागि स्थगित गरिएको छ।

यो वर्षको अन्त्यमा टी–२० विश्वकप आयोजना हुँदै छ। यस्तै एसेज शृंखला र एक दिवसीय विश्वकप पनि हुने तालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad