खेल


म्यारोडोनाको उपचारमा लापरवाही गरेको भन्दै ७ स्वास्थ्यकर्मीमाथि हत्या अभियोग

म्यारोडोनाको उपचारमा लापरवाही गरेको भन्दै ७ स्वास्थ्यकर्मीमाथि हत्या अभियोग

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार ९:२३,

अर्जेन्टिनाका पूर्वकप्तान तथा लेजेण्ड फुटबलर डिएगो म्यारोडोनाको उपचारमा लापरवाही भएको भन्दै ७ जना स्वास्थ्यकर्मीमाथि हत्या अभियोग लगाइएको छ।

आरोप लाग्नेमा उनको शल्यक्रिया गर्ने डाक्टर, मनोचिकित्सकदेखि उनको घरमा काम गर्ने नर्ससम्म रहेका छन्। उनको उपचारमा संलग्न ७ जनाले गल्ती स्वीकार गरेमा ८ देखि २५ वर्षसम्म जेल सजाय भोग्नुपर्ने छ।

६ महिना बितिसक्दा पनि म्यारोडानाको मृत्युको कारण खुल्न सकेको छैन। यसअघि म्याराडोनाको परिवारले उनको हेरचाहमा खटिएका स्वास्थ्यकर्मीको हेलचेक्र्याइँको कारण नै मृत्यु भएको आरोप लगाएका थिए।

उनको मृत्युसँगै अनुसन्धानका लागि एक छानबिन समिती बनाइएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा एकअर्काको अभिव्यक्ति बाझिएपछि मृत्यु थप रहस्यमय बनेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad