राजनीति


सिंहदरबारमा निर्णायक छलफलमा जुटे चार पक्ष

सिंहदरबारमा निर्णायक छलफलमा जुटे चार पक्ष

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार ९:७,

वैकल्पिक सरकार गठन र राष्ट्रपतिमाथि महाअभियोग लगाउने विषयमा विपक्षी दलहरुको निर्णायक हुने भनिएको छलफल सुरु भएको छ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र एमालेका माधव नेपाल समूहका नेताहरु सिंहदरबार पुगेका हुन्।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा छलफलमा जुटेका थिए।

त्यहाँ भएको सहमतीअनुसार आ–आफ्नो पार्टीमा छलफल गरेर सबै दल निर्णायक छलफलमा सहभागी भएका हुन्।

बूढानीलकण्ठमा भएको छलफलमा राष्ट्रपतिलाई महाअभियोग लगाउने र जसरी पनि वैकल्पिक सरकार गठन गर्ने पक्षमा दलहरुबीच मोटामोटि सहमति भएको बताइएको छ।

दलहरुबीच माधव नेपाल नेतृत्वमा सरकार बनाउने सहमतिको नजिक पुगेका छन्।

कांग्रेस माओवादीसँग छलफल गरेका नेपालले आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव आएपछि आफू निकटका नेताहरुसँग छलफल गरेका छन्।

यस्तै माओवादी र जसपाको यादव पक्षले पनि आन्तरिक छलफल गरेर सामूहिक छलफलमा जुटेका हुन्।

केपी ओलीले विश्वासको मत नलिने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आजै साँझसम्मको समय दिएकी छिन्।

समयसीमाभित्रै सरकार गठनका लागि दाबी पेस गर्ने दलहरुको तयारी छ।

उता ओलीले पनि जसपाका महन्थ ठाकुर–राजेन्द्र महतो पक्षसँग मिलेर आफ्नै नेतृत्वमा सरकार गठनका लागि दाबी गर्ने बताएका छन्।

जसपाको एक पक्ष ओलीसँग र अर्को पक्ष कांग्रेस–माओवादीसँग छलफलमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad