राष्ट्रिय सभा सदस्य चयनका लागि बागमती प्रदेश (हेटौंडा) मा मतदान भइरहेका बेला नेकपा एमालेले आकस्मिक रूपमा स्थायी कमिटी बैठक बोलाएको छ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग परामर्शपछि एमाले महासचिव ईश्वर पोखरेलले आज दिउँसो २ बजेका लागि स्थायी कमिटीको बैठक बोलाएका हुन्।
पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले बैठक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्ने नेपालखबरलाई जानकारी दिए।
यो पनि : राष्ट्रिय सभा सदस्य चयन गर्न मतदान सुरु, छाता ओढेर गृहमन्त्री बादल मतदान स्थलमा
3
Shares

प्रतिक्रिया