ad ad

खेल


रोनाल्डोले युभेन्टस छाड्ने सम्भावना बढ्यो, महँगा कारहरु उनी बस्ने घरबाट सारिए

रोनाल्डोले युभेन्टस छाड्ने सम्भावना बढ्यो, महँगा कारहरु उनी बस्ने घरबाट सारिए

नेपालखबर
जेठ ५, २०७८ बुधबार ८:३४,

मार्काका अनुसार टुरिनमा रहेका रोनाल्डोका महँगा कारहरु त्यहाँबाट सारिएपछि रोनाल्डोले अब युभेन्टस छाड्ने निश्चितजस्तै भएको विश्लेषण भइरहेका हुन्।

यसअघि रोनाल्डोले रियल मड्रिड छाड्ने बेला पनि उनका कार कलेक्सन यसरी नै सारिएका थिए। यो घटनापछि विभिन्न चर्चा परिचर्चा सुरुवात भएका छन्।

यसपटक युभेन्टसले घरेलु सिरि ए लिग नजित्ने निश्चित भइसकेको छ तथा च्याम्पियन्स लिगबाट पनि युभेन्टस बाहिरिसकेको छ।

त्यसमाथि रोनाल्डोको क्लब अर्कोवर्षको च्याम्पियन्स लिगको लागि छनौट नहुने अवस्था पनि सिर्जना भएको छ।

रोनाल्डो ३६ वर्षको भइसकेका छन्। लामो समय क्लबलाई उत्कृष्ट लयमा टिकाइराख्न युवा खेलाडीहरुको आवश्यकता हुन्छ।

यी विभिन्न कारणको विषयमा चर्चा चलिरहँदा रोनाल्डोको कार कलेक्सन टुरिनबाट अन्तै लगिनुले उनी र क्लबबीच अलग्गिने सम्भmौता भइसकेको अनुमान गरिएको छ।

खेल विश्लेषकहरुका अनुसार म्यानचेस्टर युनाइटेड, पीएसजी, रियल मड्रिडजस्ता क्लबले रोनाल्डोलाई अनुबन्ध गर्न सक्छन्।

हालै पीएसजीका स्टार नेमार जुनियरले पनि आफूलाई रोनाल्डोसँगै भएर खेल्ने इच्छा भएको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .