खेल


आइतबार पीएसजी र रेन्सबीच भिडन्त, टोलीमा परेनन् नेमार

आइतबार पीएसजी र रेन्सबीच भिडन्त, टोलीमा परेनन् नेमार

नेपालखबर
भदौ १, २०७६ आइतबार ११:१,

पीएसजी र रेन्सबीचको खेल आइतबार राति पौने १ बजे रेन्सको घरेलु मैदानमा हुनेछ।

पीएसजीले सिजनको दोस्रो खेल खेल्न लागेको हो। सुरुवाती खेलमा नेमार टोलीमा अटाएका थिएनन्।

आजको खेलमा समेत नेमार टोलीमा नपरेको प्रशिक्षक टोमस टुचलले बताएका छन्। उनले नेमार यस खेलमा लागि फिट नभएको बताएका छन्।

नेमार प्रशिक्षणमा फर्किसकेका छन्। नेमार हालैका दिनमा पीएसजीमा विवादित छन्। सोही क्रममा उनी टोलीमा परिरहेका छैनन्।

उनले पीएसजी छाड्ने अभिव्यक्ति दिएका थिए। यद्यपी राम्रो अफर नआएपछि पीएसजी राम्रो अफर कुरिरहेको बताइन्छ।

बार्सा र रियल मड्रिड नेमार जाने संभावित क्लब भएको चर्चा चलेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad