समाज


१० विधामा आईसीटी अवार्ड वितरण, महावीर पुनलाई पायोनियर अवार्ड

१० विधामा आईसीटी अवार्ड वितरण, महावीर पुनलाई पायोनियर अवार्ड

नेपालखबर
भदौ १, २०७६ आइतबार १०:५२,

चाैँथो संस्करणको आईसीटी अवार्ड २०१९ सम्पन्न भएको छ।

शनिबार राजधानीस्थित सोल्टी क्राउन प्लाजामा भएको अवार्डको ग्रान्ड फिनालेमा विभिन्न १० विधामा अवार्ड वितरण गरियो। ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित भएको अवार्ड कार्यक्रमका विजयीहरुलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, पूर्वमन्त्री गणेश साह, पूर्वमन्त्री एवं सांसद महेश बस्नेत र अन्य विशिष्ट अतिथिले सम्मान गरेका थिए।

१० विधाअन्तर्गत स्टार्टअप आइसिटी अवार्ड ई–डिजिटल नेपाल प्रालिले प्राप्त गर्न सफल भयो भने प्रडक्ट आइसिटी अवार्ड मेडिफ्लो सिस्टम एन्ड सर्भिसेसले हात पा¥यो। त्यस्तै राइजिङ स्टुडेन्ट प्रोजेक्ट अवार्ड पुल्चोक क्याम्पसका विद्यार्थीहरुले विकास गरेको प्लाटफर्म ‘रक्तदान’ले जित्न सफल भयो।

यस वर्षको आइसिटी पायोनियर अवार्ड राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं विकास अभियान्ता महावीर पुनलाई वितरण गरियो। त्यस्तै आइसिटी आन्टरप्रेनियर अवार्डबाट जानकी टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत अमित अग्रवाललाई वितरण गरियो। विदेशमा रहेर पनि नेपालको आइटी क्षेत्रमा उल्लेख्य योगदान दिने व्यक्तिलाई दिइने नेपाली डायस्पोरा आइसिटी अवार्ड प्रसिद्ध एआई कम्पनी फ्युज मेशिनका संस्थापक डा. समीर मास्केले प्राप्त गरे।

आइसिटी अवार्ड अन्तर्गत सार्वजनिक सेवाप्रवाहमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने सरकारी कार्यालय/संस्थालाई दिइने डिजिटल गभर्नेन्स अवार्ड लोकसेवा आयोगले प्राप्त गरेको छ। त्यसैगरी सूचना प्रविधिलाई अधिकतम प्रयोग गरी शिक्षण पद्धतिमा सुधार ल्याएको मूल्याकंन गर्दे नेपाल खुला विश्वविद्यालयलाई डिजिटल एजुकेशन आइसिटी अवार्ड वितरण गरियो।

त्यस्तै कान्तिपुर दैनिकका पत्रकार विजय तिमिल्सनालाई मिडिया पर्सन आइसिटी अवार्ड वितरण गरियो। १९ वटा प्रडक्ट तथा स्टार्टअपमध्ये किताबयात्रा प्रालिले पब्लिक च्वाइस अवार्ड २०१९ प्राप्त गरेको छ। कार्यक्रममा स्व. कर्मठ डंगोललाई आइसिटी मरणोपरान्त सम्मान दिइएको थियो।

सूचना प्रविधि क्षेत्रको अग्रणी मिडिया लिभिङ विथ आइसिटीको आयोजनामा सो अवार्ड सम्पन्न भएको हो।

यस वर्षको स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डका विजेतालाई राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सहुलियतपुर्ण विनाधितो ऋण दिने घोषणा गरेको छ। यसैगरी आइसिटी अवार्डको इन्स्योरेन्स पार्टनरको रुपमा रहेको एसियन लाइफ इन्स्योरेन्सले सम्पूर्ण अवार्ड विजेताहरुलाई १० लाखसम्मको इन्स्योरेन्स गरिदिने भएको छ। यसबाहेक अवार्डका विजेताहरुले विभिन्न छुट, सुविधा, लगानीको अवसर आदि प्राप्त गरेका छन्।

विज्ञान प्रविधिको नयाँ नीति आउँदै: मन्त्री पोखरेल
आइसिटी अवार्ड २०१९ समारोहका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले विज्ञान तथा प्रविधि क्षेत्रका लागि नयाँ नीति ल्याउने कार्य अन्तिम चरणमा रहेको बताएका छन्। १५ वर्षपछि यो क्षेत्रका लागि नयाँ नीति बन्न लागेको बताउँदै उनले विकास र समृद्धिका लागि सरकारले प्रविधि क्षेत्रलाई उच्च प्राथमिकता पारेको भनाइ राखे।

उनले भने, ‘नयाँ बन्ने नीतिको आधारमा संरचनात्मक परिवर्तन गर्नुपर्छ । नीतिको आधारमा हाम्रा संघसंस्थाहरुलाई पुनसंरचना गर्नुपर्छ । आवश्यकता परेको क्षेत्रमा नयाँ ऐन बन्नुपर्छ । जनशक्ति उत्पादनका क्षेत्रहरुमा विज्ञान प्रविधिले जोड्नुपर्छ।’

विश्वमा देखिएको प्राविधिक क्रान्तिमा नेपाललाई जोड्न सरकार मात्रै एक्लै हिँडेर सम्भव नहुने भएकाले निजी क्षेत्रसँग साझेदार गर्दै भावी लक्ष्य प्राप्ति गर्नुपर्नेमा उनको जोड रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .